२३ वैशाखबाट संसदको वर्षे अधिवेशन

काठमाडौं, वैशाख १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गते संसदको वर्षे अधिवेशन आहृवान गरेकी छन् ।

राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम वैशाख २३ गते आइतबार दिउँसो ४ बजे संसद अधिवेशन आहृवान गरेको जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आहृवान गर्ने व्यवस्था अनुसार आइतबार राष्ट्रपतिले संघीय संसदको वर्षे अधिवेशन आह्वान गरेकी हुन । यो संघीय संसदको पहिलो वर्षे अधिवेशसन हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!