राष्ट्रपतिद्वारा दुर्इ नियुक्त

काठमाडौं, वैशाख १६ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संघीय संसदको सचिवमा राजेन्द्र फुयाल र गोपालनाथ योगी नियुक्त गरेकी छन् ।

सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको सिफारिसमा राष्ट्रपति भण्डारीले फुयाल र योगीलाई संघीय संसदको सचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फुयाल राष्ट्रियसभा र योगी प्रतिनिधिसभाको सचिव पदमा पाँच वर्षका लागि नियुक्त भएका हुन् । राष्ट्रियसभाको सचिव नियुक्त भएका फुयाल संसदीय मामिला पत्रकार समाजका निवर्तमान अध्यक्ष हुन् ।

यसअघि पत्रकारितामा संलग्न फुयाल अधिवक्तासमेत हुन् । त्यस्तै प्रतिनिधिसभाको सचिव नियुक्त भएका योगी गैरसरकारी संस्था महासंघका नेतृत्वमा रहिसकेका व्यक्ति हुन् ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै

कमेन्ट गर्नुहोस्

error: Content is protected !!