पत्रकार महासंघको भेटघाट कार्यक्रम

दोहा, वैशाख १६ । नेपाल पत्रकार महासंघ कतार शाखाले आइतबार यहाँ रहेर विभिन्न सञ्चारमाध्यममा कार्यरत प्रवासी नेपाली पत्रकारहरुबीच भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिमबक्स मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कतारमा रहेर विभिन्न माध्यमबाट सूचनाहरु प्रवाह गर्दै आएका र महासंघ संघ आवद्ध नभएका साथीहरुको तथ्याङ्क संकलन गर्ने उद्देश्यले भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरिएको हो ।

सो अवसरमा समचार लेखनलाई कसरी सत्य तथ्यसहित प्रभावकारी बनाउन सकिन्छ भन्ने कुरामा छलफल केन्द्रित थियो । साथै प्रवासमा रहेर गरिने पत्रकारिताका जटिलता ,विश्वशनियता र भोलिका दिनमा निम्ताउने अप्ठ्यारो अवस्थासंग कसरी एक ढिक्क भएर अगाडि जान सकिन्छ भन्ने विषयमा पनि छलफल केन्द्रित थियो ।

अध्यक्ष मियाले समाचारलाई पाठकमाझ कसरी छिटो पुर्याउने विषयमा केन्द्रित हुनुभन्दा पनि समचार कति तथ्य र अर्थपूर्ण छ भन्ने कुरामा जोड दिनुपर्ने बताए ।

उनले महासंघले कतारमा क्रियाशिल पत्रकारहरुको तथ्याङ्क संकलन गरी स्थानीय निकायमा जानकारी गराउनु पर्ने बताए । तथ्याङ्क स्थानीय निकायले उपलब्ध गराए भोलिका दिनमा कुनै समस्या परे समाधानका लागि सहज हुने बताए । आफूहरु प्रवासमा रहेको स्मरण गराउर्दै स्थानीय कानून र परिधिभित्र रहेर पत्रकारिता गनुपर्ने पनि स्मरण गराए ।

संस्थका कार्यवाहक सचिव राजेश्वर ढकालले संचालन गरेको कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार गणेश बन्जाडे, सल्लाहकारद्द्वय दिपक पुडासैनी ,क्रान्ति सिंह लगायत पार्षद सदस्य र अन्य मिडियाकर्मी गरी दुई दर्जन भन्दा बढिको सहभागिता रहेको थियो ।

सहभागिता मध्ये पत्रकार महासंघ कतार शाखामा आवद्ध नभएकाहरुले कार्यक्रम औचित्यपूर्ण भएको र महासंघले पत्रकारितामा रुचिभएका साथीहरुलाई समावेश गरेर तालिम र गोष्टिहरु आयोजना गरिरहनुपर्ने सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाको अध्यक्षतामा भएको भेटघाट कार्यक्रममा महासंघमा आवद्ध भएका पारर्षद सदस्यहरु र कतारबाट नेपालका विभिन्न अनलाइन, छापा मिडियाहरु, टिभी र रेडियोमा आवद्ध भएर काम गरेका पत्रकारहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!