अधिकांश जोडीकाे तीन महिनामै याैनइच्छा ध्वष्त हुन्छ, किन ?

वैवाहिक जीवनलाई समधुर र स्थिर बनाई राख्न त्यति सजिलो छैन । धेरै चुनातिहरु छन् । त्यसमा सबैभन्दा प्रमुख चुनौति भनेको विवाहित जोडीबीचको उत्साह र जोशलाई बचाइ राख्नु हो । यसबारेमा धेरै लेखिएको र पढिएको छ तर विवाहित जोडीमा केही समयपछि सेक्सप्रति वितृष्णा जाग्दछ ।

केही अनुसन्धानकर्ताले किन र कति समयपछि विवाहित जोडीको कामेच्छा कम हुँदै जान्छ भनेर । पछिल्लो समय गरिएको एक अध्ययनले यसबारेमा निकै घत लाग्दो नतिजा बाहिर ल्याएको छ । यसबारे यहाँ चर्चा गरिएको छः

के भन्छ त अध्ययन
लीडिङ मेडिकल रिसर्च जर्नल बीएमजेले गरेको एक खुला सर्वेका अनुसार ३४ प्रतिशत महिला र १५ प्रतिशत पुरुष, समर्पित (Committed) रुपमा रहेको मात्र तीनपछि यौनयच्छा घट्न थाल्दछ ।

महिलाले छिट्टो यौनइच्छा गुमाउँछन्
यो अध्ययनले गरेको खुलासा अनुसार सम्बन्धमा एउटा साथीकोे सेक्सप्रति चासो कम देखाउँछ भने उसको लिङ(जेन्डर) मा पनि भर्पदछ । अनुसन्धानकर्ताका अनुसार समर्पित सम्बन्धमा पुरुषको तुलनामा महिलाले छिटो कामेच्छा गुमाएको पत्ता लागेको छ ।


महिलाहरुको तर्क यस्तो छ
अध्ययनमा सहभागी महिलाहरुले यौनइच्छा कम हुनुको प्रमुख कारण पनि आफ्नो अनुभवका आधारमा यस्तो बताए । सर्वेमा सहभागीमध्ये धेरैले आफ्नो यौन साथीको कमजोर यौन क्षमताका कारण आफूहरुमा कामेच्छा कम हुँदै गाएको बताए । यसबाहेक, पार्टनरसँग यौनइच्छा समान नहुनु र सेक्सका मामिलामा समानधारणा नबन्नु पनि यौनइच्छा कम हुँदै जानुको कारण बताए ।

कामेच्छामा उमेरको असर
अनुसन्धानकर्ताहरुले यो पनि पत्ता लगाएका छन् की गहिरो सम्बन्धमा भएका जोडीबीच यदि कामेच्छामा विस्तारै कमी आउँछ भने त्यसका एउटा कारण बढ्दो उमेर पनि हुन सक्छ । यसको तात्पर्य यो हो की जब जोडीहरुको उमेर बढ्दै जान्छ एकअर्काप्रति उनीहरुको यौनआकर्षण घट्दै जान्छ ।

सम्बन्धमा निरसता आउन नदिनु
विज्ञहको भनाई मान्य हो भने यौन जोडीहरुले लामो सम्बन्धका क्रममा पनि निरसता नआओस भनेर सधै प्रयास गर्नु पर्छ । उनीहरुबीच सेक्स प्रति रुचि छ छैन ? छैन भने किन छैन । त्यसको कारण पत्ता लयाउने प्रयास गर्न पर्दछ । साथै सधै साथीसँग खुलेर कुराकानी गर्नुपर्छ । कहिले काही समय वित्दै जादाँ मानिसहरुमा सेक्समा ह्रास आएको हुन सक्छ । वा सेक्सप्रति रुचि कम भएको हुनसक्छ वा परिवर्तन आएको हुन सक्छ । साथीसँग यसबारेमा खुलेर कुराकानी गर्नपर्छ जसका कारण सम्बन्धमा निरसता आउन नपावोस ।


साथीसँग कहिल्यै पनि केही कुरा लुकाउनु हुँदैन
लामो समयसम्म सम्बन्धमा रहेपछि यौनइच्छा कम हुनु स्वाभाविक र आमसमस्या भएको बताइन्छ । तर जेसुकै कारणले यौनइच्छा कम भएको भए पनि साथीलाई त्यसबारेमा सबै कुरा खुलस्त रुपमा भन्नुभर्दछ । जसले दुबैलाई यसबारेमा जानकारी हुन्छ र होरियार रहन्छन् । जब कुनै समस्या अगाडि आउँछ त्यसलाई समाधान गरिदिएपछि समस्याले ठूलो रुप लिन पाउँदैन । र सम्बन्धलाई झनै मजबुत र सुमधुर बनाउन मद्दत गर्दछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!