२ बजेको अपडेटः उचारचढावमा रहेको नेप्से परिसूचक ०.४८ प्रतिशतले घट्यो

काठमाडौं । आइतबार नेप्से परिसूचक शून्य दशलमव ४८ प्रतिशत घटेको छ ।

उतारचढावमा रहेको बजार ३ घण्टाको व्यापारमा ६ दशमलव ५७ अङ्क घटेर १ हजार ३ सय ५० दशमलव ६५ विन्दुमा पुगेको छ। यस व्यापार अवधिमा १ सय ५३ कम्पनीको ३ हजार ७ सय ७ पटकको व्यापारमा रू.२८ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ ।

‘अन्य’ समूह, वित्त कम्पनी, बैङ्किङ र लघुवित्त समूहको परिसूचक घटेपछि समग्र बजार घटेको हो ।

‘अन्य’ समूहको परिसूचक १ दशमलव ३६ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ९१, बैङ्किङको शून्य दशमलव ८ र लघुवित्तको शून्य दशमलव शून्य ४ प्रतिशत घटेको छ ।

त्यस्तै, होटल समूहको परिसूचक २ दशमलव ४ प्रतिशत, व्यापारको शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३५, जलविद्युतको शून्य दशमलव २९ र विकास बैङ्कको शून्य दशमलव १ प्रतिशत बढेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!