आइतबार आइपीको आवेदन भर्ने म्याद अन्तिम

काठमाडौं । वैशाख १२ देखि बिक्रीमा आएको नेपाल सेवा लघुवित्तको आईपीओ भर्ने आइतबार अन्तिम दिन रहेको छ ।

कम्पनीले १ लाख ८० हजार कित्तामध्ये ३ हजार ६ कित्ता कम्पनीका कर्मचारी र ९ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी १ लाख ६७ हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।

विक्री प्रवन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार हालसम्म १ लाख ४३ हजार ७ सय ९० जनाबाट ९४ लाख ७ हजार ३ सय ४० कित्ताका लागि आवेदन परेको छ ।

यस आईपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओमा सि—आस्वा अनिवार्य भएकाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि—आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!