१ः१५ बजेको अपडेटः सवा दुई घण्टामा नेप्से ०.६९ प्रतिशत घट्यो

काठमाडौं । आइतबार नेप्से परिसूचक शून्य दशलमव ६९ प्रतिशत घटेको छ ।

दुई घण्टा १५ मिनेटको व्यापारमा परिसूचक ९ दशमलव ४३ अङ्क घटेर १ हजार ३ सय ४७ दशमलव ७९ विन्दुमा पुगेको छ । यस व्यापार अवधिमा १ सय ४६ कम्पनीको २ हजार ८ सय ७७ पटको व्यापारमा रू.२३ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।

बैङ्किङ, जलविद्युत, वित्त कम्पनी, बीमा र ‘अन्य’ समूहको परिसूचक घटेपछि समग्र बजार घटेको हो ।

होटल समूहको परिसूचक २ दशमलव २६ प्रतिशत, व्यापारको शून्य दशमलव ३७, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३५, विकास बैङ्कको शून्य दशमलव १३ र लघुवित्तको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ ।

त्यस्तै, बैङ्किङ समूहको १ दशमलव १४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ८५, वित्त कम्पनीको शून्य दशमलव ४४, बीमाको शून्य दशमलव ३७ र ‘अन्य’ समूहको शून्य दशमलव ४९ प्रतिशत घटेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!