शक्ति देखाउन कर्णाली नदीमा हाम फालेका १ धामीको मृत्यु १ बेपत्ता

काठमाडाैं, वैशाख १६ । शक्ति देखाउँछु भन्दै कर्णाली नदीमा हाम फालेका दुई जना धामीमध्ये एकको मृत्यु भएको छ । भने अर्का एक जना बेपत्ता भएका छन् ।

आइतवार विहान उनीहरु दुबै जना आफूमा दैवी शक्ति प्राप्त भएको दावी गर्दैै हामफालेका हुन् ।

हामफालेकामध्ये जगन्नाथ गाँउपालिका १ का ६१ वर्षीय मानसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । उनले वेपत्ता जगन्नाथ गाँउपालिका एकका ५३ वर्षीय जयबहादुर बिष्टको खोजी कार्य भईरहेको बताएका छन् ।

जगन्नाथ गाँउपालिकामा रहेको कुन्ना प्रहरी चौकीले खोजी कार्य जारी राखेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक बोहराका अनुसार हाम फालेका दुवै जना आईतवार बिहान नदी किनारामा काप्दै थिए ।

त्यसपछि दैवी शक्ति प्राप्त भएकाले केही नुहने भन्दै नदीमा हाम फालेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!