रेडियोलाई समाजमा प्रभाव जमाउनुपर्ने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक रेडियोमा कार्यरत पत्रकारहरुका लागि आयोजना गरिएको दुई दिने कार्यशालाको समापन गरिएको छ ।

सामुदायिक रेडियोकर्मीको क्षमता अभिवृद्धि र रेडियो कार्यक्रमको गुणस्तर विकासका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले रेडियोले सामाजिक दायित्व बहन गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रमका विशिष्ट अतिथि सामुदायिक रेडियो प्रसारक संघका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले स्थानीय तहहरुले सामुदायिक रेडियोलाई विकासमा साझेदारी गराउँदै लैजानुपर्ने कुरामा जोड दिएका छन् ।

प्रमुख प्रशिक्षक सामुदायिक सूचना नेटवर्कका वरिष्ठ कार्यक्रम उत्पादक लिलप्रकाश चन्दले रेडियोले समाजमा प्रभाव देखिने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट शारदा धिताल र पूर्ण केसीले तालिम उपलब्धिमुलक भएको वताएका थिए ।

तालिम संयोजक एवम् तुलसीपुर उपमहानगरपालिका प्रेस संयोजक वसन्त विवश आचार्यको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण बसन्त पौडेले गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा भएको तालिममा सामुदायिक रेडियोमा कार्यरत ३० जनाको सहभागिता रहेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!