प्रदेशसभामा प्रधानमन्त्री अोलीले सम्वोधन गर्दै

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रदेशसभामा गर्ने उहाँकोे यो पहिलो सम्बोधन हो ।

आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष समारोहलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको सम्बोधन प्रदेशसभा र प्रदेश सरकारका आगामी जनसरोकारसँग सम्बन्धित विषयका बारेमा केन्द्रित रहने स्रोतले जनाएको छ । नीति तथा कार्यक्रम र बजेट पास गरेर विकास बजेट कार्यान्वयन तहमा लागेको प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनलाई विशेष किसिमले हेरिएको छ ।

संसद् सचिवालयका सचिव डा मानबहादुर विकेले बैठकमा अनिवार्य उपस्थित हुन सबै सदस्यलाई आग्रह गरी सूचना जारी गर्नुभएको छ ।

प्रदेशसभा बैठक यसअघि वैशाख २१ गतेका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि तीन दिनअघि सूचना टाँसेर आजलाई डाकिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!