अमेरिकी राष्ट्रपति ट्रम्पले मागे दुई कोरियाली वार्ताको जानकारी

काठमाडौं, बैशाख १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली र उत्तर कोरियाकोबीचमा भएको वार्ताको जानकारी मागेका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी मागेका हुन् ।

ट्रम्पले टेलिफोन गरेर आफूले उनीहरुको वार्ता बारे जानकारी लिएको बताएका छन् । कोरियाली वर्ताको विषयमा थाहा पाएपछि उनले भने, ‘दक्षिण कोरियाली नेता मुनसँग लामो कुराकानी भएको छ । सबैकुरा राम्रोसँग अघि बढेका छन् । उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भैरहेको छ ।’

जारी वार्ताका बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको ट्रम्पले बताएका छन् ।

मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रबार भेटवार्ता गरी स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने बिषयमा सहमति भएको थियो ।

दुई कोरियाली मुलुकमा सन् १९५० मा सुरू भएको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!