युएईमा कार्यरत नेपालीहरुद्वारा ब्लडमनी बापतको २९ लाख रुपैंया नेपाली दुताबासलाई हस्तान्तरण

एभरेस्ट दैनिक /सम्बादाता
युएई ।
युएईमा ब्लडमनीको सजाय पाएका टोपबहादुर बिकले बुझाउनु पर्ने आवश्यक १ लाख दिर्हाम्स (२९ लाख रुपैंया) संकलन गरी दुताबासलाई हस्तान्तरण गरिएको छ ।

ब्लडमनी बापतको रकम १ लाख दिर्हाम्स बुझाउन नसक्दा स्वदेश फर्कन नपाएका खैरेनी ९, चितवनका टोपबहादुर बिक अब नेपाल फर्कने निस्चित भएको छ ।

बिकलाइ छुटाउन आबस्यक ब्लडमनीको लागि युएईमा संचालन गरिएको आर्थिक सहयोग संकलन अभियान अन्तर्गत आबस्यक रकम १ लाख दिराम संकलन पूरा गरि शनिवार एक कार्यक्रमका बिच नेपाली दूतावास युएईका कार्यवाहक राजदूत सागर फुयाँललाई हस्तान्तरण गरिएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिएका छन ।

चार बर्ष अघि काम गर्दै गर्दा क्रेन दुर्घटनाबाट दुई थाई नागरिकको ज्यान गएपछि युएईको अलऐनस्थित ‘सिभिल कोर्ट’ ले कम्पनी, क्रेन अपरेटर र हेल्पर टोपबहादुरलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई ४ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो । जसअनुसार कम्पनीका तर्फबाट २ लाख, पाकिस्तानी क्रेन अपरेटर र टोपबहादुरको भागमा एक–एक लाख दिराम परेको थियो ।

अदालतको फैसला पछि ब्लडमनी जुटाउनका लागि युएई स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक सहयोगका लागि पत्र लेखेको भए पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत बिकलाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जबाफ पठाए पछी गैर आवासीय नेपाली संघ युएईको संयोजकत्वमा युएईमा क्रियाशील सबै संघसस्थाहरु सदस्य रहने गरि बिगत एक महिना देखि ब्लडमनी जुटाउन आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

दुर्घटना पछी ४ महिना २० दिन जेलमा बसेका बिकलाई फैसला पछी अदालतले यात्रा प्रतिबन्ध गरि कम्पनीमा पठाए पनि उनी काम गर्ने कम्पनी बन्द भएपछी हाल उनी एनआरएन युएईको संरक्षणमा बस्दै आएका छन ।

ब्लडमनी जुटाइ बिकलाई छुटाउन एक महिना अघिबाट संचालन गरिएको आर्थिक सहयोग संकलन अभियानमा युएईमा रहेका सबै संघसस्थाहरु एक जुट भएर लागेपछी अभियान सफल भएको हो ।

नेपाली दूतावास युएईको सभा हलमा भएको रकम हस्तान्तरण कार्यक्रममा अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका खेल्ने युएईमा रहेका सक्रिय संघ सस्थाका प्रतिनिधिहरु, विभिन्न ब्यवसायमा आबद्द ब्यक्तित्वहरु, पत्रकार महासघ युएई शाखाका प्रतिनिधिहरु साथै युएईमा रहि विभिन्न छेत्रमा काम गर्दै आएका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

युएईमा रहेका झन्डै सयवटा भन्दा धेरै नेपाली संघ सस्था तथा नेपाली दूतावासको विशेष पहलमा अभियान छिटै सफल भएको बताउदै अभियानलाई पूरा गर्न साथ सहयोग दिने सबैलाई श्रेष्ठले धन्यवाद समेत दिएका छन ।

यस्तै ब्लडमनी बापतको रकम बुझ्दै नेपाली दूतावास युएईका कार्यबाहक राजदुत सागर फुयालले प्रवासमा रहेर पनि आपतकालीन अबस्थामा नेपालीहरुबिचमा देखिएको एकताले नेपाली जहाँ रहे पनि एक भएर बस्छन भन्ने संदेश छोड्न सफल भएको बताएका छन ।

परिबन्धमा परि ब्लडमनीको सजाय पाएका टोप बहादुरले नयाँ जिन्दगी पाएको बताउदै आइतबारबाट टोप बहादुर लाई स्वदेश फर्काउन आबस्यक कानुनी प्रक्रिया पूरा गर्न दूतावास लाग्ने फुयालको भनाइ उदृत गर्दै एनआरएनए अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!