भारतः १२ वर्ष मुनिका बालकमाथि बलात्कार गर्नेलाइ पनि फाँसी दिइने

नयाँ दिल्ली । बालबालिका यौन उत्पीडन सम्बन्धी ऐनमा ऐतिहासिक संशोधन गरेर चर्चा बटुलेको भारतमा संशोधनको हप्तादिन नबित्दै अर्को संशोधन हुने भएको छ ।

गत साता मात्रै पास्को कानूनमा संशोधन गर्दै १२ वर्ष मुनिका बालिकासँग बलात्कार गर्नेलाई फाँसीको सजाय दिइने प्रावधान थप गरिएको थियो ।
उक्त प्रावधानको चौतर्फी स्वागत भएको थियो ।

नयाँ संशोधनपछिको समीक्षा गर्दै भारत सरकारले फेरी उक्त कानुनमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

नयाँ संशोधन प्रस्ताव अनुसार, अब १२ वर्ष मुनिका बालकमाथि यौन उत्पीडन गर्नेलाई पनि समान सजाय हुने छ । यसका लागि पासो कानुनको धारा ४, ५ र ६ मा संशोधन गरिने छ ।

भारतको केन्द्रीय महिला तथा बाल विकास मन्त्रालयले तयार पारेको यो प्रस्ताव छिट्टै क्याबिनेटमा प्रस्तुत गरिने भएको छ । क्याबिनेटले प्रस्ताव पारित गरे पास्को कानुनमा संशोधन गरिने छ ।

अहिलेसम्म भने १२ वर्ष मुनिका बालिकालाई बलात्कार गरे फाँसी र बालकलाई बलात्कार गरे आजीवन कारावासको सजाय उल्लेख छ ।

Photo- Symbolic

कमेन्ट गर्नुहोस्

error: Content is protected !!