घाइतेकै अगाडि बसेर माधव नेपालले फोनमा भने–तत्काल पक्राउ गर्नुस्

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मध्यपुरठिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्नु माग गरेका छनश ।

शनिवार मध्यपुरथिमिस्थित नेपाल कोरिया मैत्री अस्पताल पुगेर गत वैशाख ८ गते शनिबार सांघातिक आक्रमणमा घाइते भई उपचाररत नगरप्रमुख श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणालाई फोनबाटै आक्रमणकारीलाई तत्कालै पक्राउ गर्न आग्रह गरेका हुन् ।

उनले फोनबाटै भने–“एसपी साहेब, जनप्रतिनिधिलाई आक्रमण गर्ने आक्रमणकारी आठ दिन बित्दा पनि किन पक्राउ परेनन्, आक्रमणकारीलाई तत्काल पक्राउ गर्नुस् ।”

प्रहरी उपरीक्षक राणाले आक्रमणकारीको पहिचान भइसकेकाले खोजी भइरहेको र केही दिनभित्रै पक्राउ गर्ने बताएको नेपालले प्रमुख श्रेष्ठलाई जानकारी गराए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!