अर्काको मुख ताकेर कर्णालीको विकास संभव छैन : मुख्यमन्त्री शाही

मुख्यमन्त्री शाहीले सडकमै ज्ञापनपत्र वुझे

सुर्खेत, वैशाख १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले अर्काको मुख ताकेर कर्णालीको विकास गर्न नसकिने वताउनु भएको छ ।

आफुले काम नगर्ने र अर्कालाई दोष दिने प्रवृत्ति रहेको चर्चा गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका कर्णालीकै जनता जाग्नुपर्ने वताउनुभयो ।

कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडाक)ले शनिवार सुर्खेतमा आयोजना गरेको कर्णाली सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विदेशीका कारण कर्णालीको विकास भएन भन्ने धारणा हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

विहान सडक सरसफाई कार्यक्रममा सहभागि भई सम्मेलनको उद्घाटन गर्न पुग्नुभएका मुख्यमन्त्री शाहीले श्रमप्रति सम्मान गर्ने भावनाको विकास गर्न प्रदेश सरकारले हरेक महिनाको १ र १५ गतेलाई श्रमदिनका रुपमा मनाउन थालेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि प्रदेश सरकार महत्वकाँक्षी योजनाका साथ अगाडि वढेको वताउनुभयो । भौतिक पुर्वाधार, पर्यटन, जलविद्युत, कृषिको विकास सरकारको नीति कार्यक्रममा उच्च प्राथमिकताका साथ आएको उहाँले वताउनुभयो ।

कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि दातृ निकाय, सरकार, एनजीओ आईएनजिओ र नीजि क्षेत्रको लगानीलाई एकद्धार नीतिमा परिचालन गरिने पनि जानकारी दिनुभयो । एनजिओ आईएनजिओलाई कर्णाली प्रदेशमा छिर्न नदिने भनि भ्रामक प्रचार गरिएको भन्दै उहाँले एनजिओ आईएनजिओलाई निषेध गरिएको नभई, सरकारको नीति कार्यक्रमको प्राथमिकताका आधारमा नियमण गरिने स्पष्ट गर्नुभयो ।

श्रमदिनका अवसरमा सडक सरसफाई
प्रदेश सरकारले शुरु गरेको श्रमदिनका अवसरमा आज मुख्यमन्त्री महेन्द्रवहादुर शाही र विभागीय मन्त्री तथा सचिवहरु सहितको टोलीले सडक सरसफाई गरेको छ । प्रदेश राजधानी वीरेन्द्रनगरको प्रशासकीय क्षेत्रका सडकहरु सरसफाई गरिएको थियो ।

श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकासका लागि प्रदेश सरकारले हरेक महिना १ र १५ गते श्रमदिनको घोषणा गरेको छ । श्रमदिनमा मुख्यमन्त्री, मन्त्री तथा सरकारी निकायका सवै पदाधिकारीले अनिवार्य रुपमा श्रमदान गर्ने व्यवस्था मिलाईने मुख्यमन्त्री शाहीले वताउनुभयो ।

पुजी निर्माण र संमृद्धिका लागि श्रम महत्वपुर्ण रहेको वताउदै मुख्यमन्त्री शाहीले भन्नुभयो –‘दिनभर सुतेर विताउने रातभरी पैसा आउने कही पनि हुदैन, संसारमा समृद्धशाली देश त्यहाका जनताको श्रमले वनेका हुन ।’

सडकमै ज्ञापन पत्र
यसैविच मुख्यमन्त्री शाहीले सडकमै ज्ञापन पत्र वुझनुभएको छ । सडक सरसफाईमा व्यस्त रहनुभएका मुख्यमन्त्री शाहीले गृहजिल्लावाट आएको तिला कर्णाली वहुमुखी क्याम्पसको ज्ञापन पत्र सडकमै वुझनुभएको हो । ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भन्नुभयो– ‘कार्यपद्धतीमा परिवर्तन जरुरी छ, काम गर्नका लागि औपचारिकता जरुरी नभएको वताउनुभयो ।’

क्याम्पस प्रमुख रुद्रप्रसाद सापकोटा र स्ववियु अध्यक्ष भिमप्रसाद आचार्य नेतृत्वमा आएको टोलीले खेलमैदान निर्माण, १२ कोठे पक्की भवन निर्माण, क्याम्पस हाताको घेरवार निर्माण, खानेपानी व्यवस्था लगायतको माग गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!