चीन र भारतबीच आफगानिस्तानमा एउटै प्रोजेक्टमा काम गर्ने सहमति, पाकिस्तान तनावमा

काठमाडौं, वैशाख १५ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने चीन भ्रमणका क्रममा दुई देशबीच कुनै पनि सम्झौता भएनन् ।

तर दुई नेताबीच भएको एउटा सहमतिले भने पाकिस्तानलाई तनाव भएको छ । उच्च अधिकारीहरुका अनुसार अफगानिस्तानकम चीन र भारत मिलेर काम गर्ने राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री मोदीबीच सहमति भएको छ ।

इन्डिया–चाइना इकोनोमिक प्रोजेक्ट अन्तर्गत चीन र भारत मिलेर संयुक्त रुपमा अफगानिस्तानमा काम गर्न दुईै नेता सहमत भएका छन् ।

चीन र भारतबीच भएको यो सहमतिले पाकिस्तान झस्किएको छ । जुन सहमति अफगानिस्तानमा भारतलाई बलियो बनाउने उद्देश्यले गरिएको छ । प्रधानमन्त्रीको दुई दिने चीन भ्रमण शनिबार सकिएको छ । यस दौरान मोदीले सीसँग ६ पटक छलफल गरेका छन् ।

उच्चस्रोतका अनुसार बैठकमा दुई देशबीच भएको सहमतिका कार्यान्वयनका लागि क्षेत्र पहिचान गर्ने जुसमा भारत चीन र भारत मिलेर अफगानिस्तानमा काम गर्ने ।

युद्धग्रस्त देश अफगानिस्तानमा यो पहिलो प्रोजेक्ट हुने छ चीन र भारतले संयुक्त रुपमा एक साथ गर्ने । यसअघि चीनले पाकिस्तानलाई नै अफगानिस्तानको मामिलामा रणनीतिक रुपमा सहयोग गर्दै आएको थियो ।

पाकिस्तानमाथि अफगानिस्तान र अमेरिकाले अहिलसम्म आतंकवादलाई बढवा दिएको र द्वन्द्वग्रस्त देशमा तालिबान लाई बलियो बनाउन सहयोग गरेका आरोप लगाउदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!