प्रधानमन्त्रीओलीसंग एसओएस वालग्रामअन्तर्राष्ट्रिय अध्यक्ष कौलद्वारा भेट

‘युवा रोजगारीकालागिएसओएसले सरकारलाई सघाउने’

काठमाडौं, वैशाख १४। प्रधानमन्त्री केपीशर्मा ओलीले सरकार सामुदायिक विद्यालयको स्तर उकास्न र गुणस्तरीय विद्यार्थी उत्पादनका चालु शैक्षिक सत्रदेखि मुलुकभर नयाँविद्यार्थी भर्ना अभियान शुरु गरेको बताएका छन् ।

साथै सरकारका राष्ट्रिय अभियानलाई सफल पार्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पनि भूमिका र दायीत्व रहेको बताएका छन् ।

एसओएस वालग्रामअन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौलले शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रधानमन्त्रीओलीसंगको भेटघाटका क्रममा सरकारको अभिायनमा सघाउनु एसओएस वालग्रामको पनि जिम्मेवारी भएको कुरा औंल्याए ।

प्रधानमन्त्री ओलीले नेपालमा एसओएस वालग्रामले गर्दै आएकाकामको प्रशंसा गर्दै यसलाई भविष्यमा पनि निरन्तरता दिन आग्रह गरे ।

सामुदायिकविद्यालयमा नयाँ विद्यार्थीलाई भर्ना गर्नुमात्रै नभई उनीहरुलाई विद्यालयमा टिकाउनुपनि सरकारको लागि ठुलो चुनौति भएको प्रधानमन्त्रीले बताए ।

त्यस अवसरमाप्रधानमन्त्रीओलीले युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने विषयमा सरकार कटिवद्ध रहेकोले युवा रोजगारीकालागिपनिएसओएस वालग्रामले सघाउनुपर्ने बताए ।

प्रतिउत्तरमा एसओएस वालग्राम अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौलले सरकारले वालवालिका र शिक्षासंग सम्वन्धित अघि सारेका जुनसुकै कार्यक्रममाएसओएस वालग्राम सहयोग गर्न सदैव तयार रहेको बताए ।

सन् २०१२ देखि एसओएस वालग्राम अन्तर्राष्ट्रियको अध्यक्ष रहनुभएका सिद्धार्थ कौल दुईसाताव्यापी भ्रमणको लागि बिहीबार नेपाल आइपुगेका हुन ।

उनले २०७२ वैशाख १२ को भूकम्पलगत्तै नेपालकालागि एसओएस वालग्राम अन्तराष्ट्रियबाट १४ मिलियन डलर अर्थात करीव एक अरव ४० करोड रुपैयाँबराबरको सहयोग नेपालमा ल्याएको बताउँदै एसओएस वालग्रामले भूकम्प पीडितका लागि २सय ८४ वटा नयाँघर बनाउनेदेखि भत्किएका थुप्रै सामुदायिकविद्यालयबनाउनुका साथै जिर्णोद्धार कार्य समेत गरेको प्रधानमन्त्रीओलीलाई जानकारी गराएका थिए ।

नेपालका वालग्राममा हुर्केका छोराछोरीको लागि पनि रोजगारीको विषय चुनौतिपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष कौलले सरकारले नयाँ योजना सहित स्वदेशमै युवा रोजगारीको कार्यक्रम अघि सारेमा वालग्रामले त्यसमाआवश्यकसहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

अध्यक्ष कौलले अभिभावक गुमाएका वालवालिकालाई परिवारमा आधारित संरक्षण गर्दै आएको तथा परिवार गुमाउन सक्ने जोखिममा रहेका वालवालिकाका अभिभावकहरुका लागि परिवार सुदृढीकरण कार्यक्रम (फ्यामिली स्ट्रेनथेनिङ्गप्रोग्राम—एफएसपि) कार्यक्रममार्फत सहयोग गर्दै आएको बताउादै यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए ।

सो अवसरमा अध्यक्ष कौलले प्रधानमन्त्री ओलीलाई एसओएस वालग्राम अन्तर्राष्ट्रियको सांगठनिक संरचना, संस्थाले संसारका १३५ मुलकका वालवालिकाको उचित रेखदेख, स्याहार, शिक्षादिक्षा र संरक्षणको लागिगर्दै आएको कामबारे जानकारी गराएका थिए ।

अध्यक्ष कौलले प्रधानमन्त्री ओलीलाई एसओएस वालग्राम अन्तर्राष्ट्रियको नीति सम्वन्धि पुस्तिका (केयर प्रोमिस) पनि हस्तान्तरण गरे ।

प्रधानमन्त्रीसंगको भेटघाट कार्यक्रममाएसओएस वालग्रामअन्तर्राष्ट्रियका नेपालप्रतिनिधि रजनिश जैन, एसओएस वालग्राम नेपालका राष्ट्रिय अध्यक्ष डा. ज्योतिरत्न धाख्वा र राष्ट्रिय निर्देशक र्इश्वरीप्रसाद शर्मा सहभागी थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!