अायाेजना तोकिएकै मितिमा सक्ने गरी तीब्र गतिमा काम गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं, वैशाख १५। उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण भ्रमण गरेका छन् ।

जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन शुक्रदेखि नै रसुवामा छन् । मन्त्री पुनले शनिबार बिहान रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण सम्पन्न गरेका छन् । साथै आजै साञ्जेन जलविद्युत आयोजनाको समेत निरीक्षण गर्ने कार्यक्रमको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले हिजो नै त्रिशुली ए, माथिल्लो त्रिशुली थ्री ए, माथिल्लो त्रिशुली थ्री बी र माथिल्लो त्रिशुली–१ को निरीक्षण गरेका थिए ।

आयोजनाको निरीक्षणको क्रममा मन्त्री पुनले निर्माण कार्य तीब्र गतिमा व्यवस्थित ढंगले अघि बढाउन निर्देशन समेत दिएका थिए । सरकारको तर्फबाट पूर्णरुपमा सहयोग रहने बताउँदै परियोजना तोकेकै समयमा सक्न मन्त्री पुनलेनिर्देशन दिए ।

यसैबीच, शनिवार बिहान रसुवागढी नाकाको पनि उनले निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा मन्त्री पुनले गढीलाई थप व्यवस्थित बनाउँदै संरक्षणको आवश्यकता रहेको औंल्याए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!