दिल्लीबाट खेल्ने सम्भावित ११ खेलाडीमध्ये नवौं नम्बरमा सन्दिपको नाम

सन्दिप लामिछानेको चर्चा 

काठमाडौं, वैशाख १५ । कप्तान परिवर्तनगरेपछिको पहिलो खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्लीले कोलकातालाई ५५ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २ सय २० रनको विजय लक्ष प्रश्तुत गरेको थियो । सुरुदेखिनै खराव प्रदर्शन गरेको कोलकाता पुरै ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रनमा अलआउट भयो । कोलकनताले ३३ रन जोड्दा ३ विकेट गुमायो ।

आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे । शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिकले १८ र मिचेल जोन्सनले अविजित १२ रन जोडे । कोलकातालाई सस्तैमा समेट्नेक्रममा दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्स वेल, अभेष खान र अमित मिश्राले समान २ विकेट लिए ।

निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको दिल्लीका श्रेयस ऐयर र ओपनर पृथ्वी सोले अर्धशतक पुरा गरे । शुक्रबार आक्रमक ब्याटिङ गर्ने क्रममा श्रेयसले अविजित ९३ रन बनाए । कप्तानी सम्हाले पछिको पहिलो खेलमा ४० बल खेलेका श्रेयसले १० छक्का र ४ चौका प्रहार गरे । पृथ्वीले ४४ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

कोलिन मुर्नोले ३३ र ग्लेन म्याक्सवेलले २७ रन जोडे । कोलकाताका लागि पियुष चावला, शिवम मावी र आन्द्रे रसेलले समान १ विकेट लिए । ७ खेलमा दोस्रो जित हासिल गरेको दिल्लीले नेपाली बलर सन्दिप लामिछानेलाई भने अझै मौका दिएको छैन ।

यसअघिका ६ खेल मध्ये ५ मा पराजय भोगेपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतमले राजिनामाको घोषणा गरेका थिए । त्यसपछि दिल्लीको कप्तानी युवा ब्याट्सम्यान श्रेयस ऐयरले सम्हालेका छन् ।

आइपिएलमा शनिबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि आंकलन: टिम ११ मा नेपालका सन्दीप लामिछाने नाम थियाे ।

दिल्लीको कप्तानी छाडेपनि आजको खेलमा ओपनर (१) गौतम गम्भीरको साथमा (२) पृथ्वी साव रहनेछन् | यस आंकलनलाई मिल्ने गरि दिल्लीले आफ्नो आधिकारिक ट्वीटरमा पनि ओपनरमा पृथ्वी सावलाई अघि सार्ने संकेत गरेको छ |

त्यस्तै ओपनरहरु पछी कप्तान (३) श्रेयस ऐयरले ब्याटिङ सम्हाल्नेछन् | त्यस्तै चौथा ब्याट्सम्यानको रुपमा (४) रिशव पन्त आउन सक्छन | पन्तले दिल्लीको लागि हालसम्म अन्य खेलाडीले भन्दा बढी रन जोडेका छन् | आईपिएलमा सर्वाधिक रन ल्याउनेमा पन्तको नाम नवौं स्थानमा रहेको छ | त्यस्तै अर्का ब्याट्सम्यानका रुपमा (५) ग्लेन म्याक्सवेल आउने सम्भावना छ | आइपिएल-२०१८ मा गौतम गम्भीर भन्दा बढी स्कोर सहित म्याक्सवेलको दवदवा छ |

भारतको ख्यातिप्राप्त क्रिकेट सम्बन्धी लेख्दै आएको क्रिकेट-कन्ट्री नामक वेबसाइटका अनुसार सम्भावित टिम ११ मा (६) राहुल तेवतियाको नाम पनि सम्भावित टिम ११ मा छ | त्यस्तै फिल्डीङ तर्फ आईपिएलमा बेस्ट इकोनोमीको रेकर्ड बनाएर सबैभन्दा शिर्ष स्थानमा रहेका (७) लिम प्लुन्केट रहने पक्का छ भने उनि पछी (८) मोहम्मद शमी, (९) नेपालका सन्दीप लामिछाने र (१०) ट्रेन्ट बोल्ट रहने आंकलन गरिएको छ |  त्यस्तै (११) मा अमित मिश्राको नाम अन्य वेबसाइटमा चर्चा गरिएको छ |

दिल्लीले यस अघिका खेललाई अधार मान्दै केहि परिवर्तन गर्ने पक्का छ | त्यसमा पनि कप्तान नै परिवर्तन भएको अवस्थामा नयाँ कप्तानको सोच अनुसार खेलाडीको चयन हुनेछ |
अधिकांश क्रिकेट सम्बन्धि आंकलन गर्ने वेबसाइटले दिल्लीका पुराना ५/६ खेलाडी बाहेक बाँकी सम्भावितको नाम फरक-फरक आंकलन गरेका छन् |

कमेन्ट गर्नुहोस्

error: Content is protected !!