साउदीमा मृत्युदण्डको सजाय सुनाइएका यादवलाई मृत्युदण्ड माफ

३० लाख ब्लड मनिको सम्झौता

एभरेस्ट दैनिक /सम्बादाता

काठमाडौं, वैशाख १५ । पाकिस्तानी नागरिक महमद लतिफको हत्या अभियोगमा अदालत बाट मृत्युदण्डको फैसला सुनाइएका धनुषाका उमेश यादव लाई मृतका परिवारले मृत्युदण्डको सजाय माफ गरि ब्लड मनिमा सम्झौता गरेका छन ।

बिगत लामो समय देखि साउदी अरबको केन्द्रिय कारागारमा रहेका यादवलाइ जुबेलस्थित अदालतले मृत्यु दण्डको फैसला सुनाएको थियो ।

सुरुमा अदालत बाट ११ बर्षको जेल सजाय फैसला भएको भए पनि पछी पुन जनरल कोर्टले यादव लाई मृत्युदण्डको फैसला सुनाएको थियोे ।

यादव लाई सजाय थप गरेपछि नेपाल बाट पीडितको पक्षामा डिफेन्स बन्दै अख्तियारि नामा लिएर गएका सामाजिक अभियान्त सरोज रायले मृतक पाकिस्तानी नागरिकका परिवार सङ छलफल गरि मृत्युदण्डको सजाय माफ गराउदै पाकिस्तानको फैसलाबाद स्थित उच्च अदालतमा ब्लड मनिमा सम्झौता गराएका हुन ।

जेलमा रहेका यादवको जीवन रक्षाको लागि मृतका परिवार लाइ भेट्न पाकिस्तान पुगेका रायले परिवार बाट मृत्युदण्ड माफ गराउदै माफिनामाको सम्झौता पत्र सहित ब्लड मनि ३० लाख रुपैयाँ को सम्झौता पत्र नेपाली दूतावास पाकिस्तान फैसलाबाद मार्फत नेपाली दूतावास साउदीलाई बुझाएको दूतावासद्वारा जारी पत्रमा उल्लेख छ ।

साउदी अदालतले मृतकका परिवार बाट सजाय माफ गरेको मन्जुरी पत्रमा हस्ताक्षर गरे मृत्युदण्डको सजाय माफ हुने निति रहेको बताएपछी राय यादवलाई सजाय मुक्त गराउन पाकिस्तान पुगेका थिए ।
पाकिस्तानबाट माफिनामा पत्र दूतावासलाई बुझाए सङ्गै दूतावासले परराष्ट्र मन्त्रालयलाई आबस्यक सहयोग र सबन्मयका लागि कागजात सहित पत्र पठाइसकेको जानकारी दिदै ब्लड मनि संकलन को लागि देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाइ अभियानमा एक जुट हुन रायले अनुरोध समेत गरेका छन।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!