प्रचण्डलाई अध्यक्षको ग्यारेन्टी गर्न सकिदैन : माधव नेपाल

काठमाडौं, वैशाख १५ । वैशाख ९ गते पार्टी एकता टर्ने निश्चित भएपछि माओवादी केन्द्रीय सचिवालय बैठकमा प्रचण्डले एमालेभित्रै कुरा निमलेकाले एकीकरण लम्बिएको ब्रिफिङ गरे ।

त्यसैदिन अर्थात वैशाख ९ गते नै ब्यानर विवादले राष्ट्रिय सभागृहको कार्यक्रम ढिला भएपछि शीर्ष नेताहरुको बैठकमा माधव नेपालको विमतिको कुरा उठ्यो ।

एमाले महासचिव ईश्वर पोखरेलले ‘तपाईले त हाम्रो माधव कमरेडले गर्दा मिलेन भनेर बैठकमा ब्रिफ गर्नुभएछ’ भनेपछि प्रचण्डले खण्डन गरे । त्यो कुरा प्रचण्डले लगत्तै आफ्नो भाषणा पनि सुनाएका थिए ।

त्यसको केही दिन अघिमात्रै माधव नेपाल प्रचण्डलाई भेट्न खुमलटारस्थित प्रचण्डनिवासमै पुगेका थिए ।

करिब चार वर्षदेखि ओलीसँग जुध्दै आएका नेपाल पार्टी एकतापछि हुने महाधिवशेनबाट अध्यक्षका दाबेदार हुन् भन्ने कुरा उनले लुकाएनन् ।

च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा लामो कुराकानीका क्रममा नेपालले एकीकृत पार्टीको नेतृत्व गर्ने आफ्नो आकांक्षा लुकाउन सकेनन् । उनले भने मलाई यसैपालि प्रचण्डजीले राष्ट्रपतिमा जानुस भनेर कर गर्नुभएको थियो ।

अघिल्लोपटक केपी कमरेडले पनि राष्ट्रपति बनाउन खोज्नुभएको हो । तर, मैले उमेर पुगेको छैन भनेर ठट्टा पनि गरेँ । खासमा म कार्यकारी भूमिकामा रहने मान्छे हो, उमेर पनि छ । सक्रियताले पनि त्यही भन्छ ।

एमाले नेता नेपालले प्रचण्डलाई महाधिवशेनपछिको कुरामा संशय नलिन त भने, तर महाधिवेशनपछि अध्यक्ष हुन पाइन्छ कि पाइन्न भनेर सोच्दा दशथरि रोगब्याधी लाग्ने भएकाले महाधिवेशनपछिको कुरा अहिले नसोच्न आग्रह गरे ।

महाधिवेशनपछिको अध्यक्ष ग्यारेन्टी गर्न नसकिने पनि नेता नेपालले प्रष्ट पारे । साथसाथै माओवादीलाई केन्द्रीय कमिटीमा बराबरी संख्या दिन नसकिने एमालेको लाइन पनि उनले सुनाए । -प्रहार न्युजबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!