दिल्लीका नयाँ कप्तानको उत्कृष्ठ ब्याटिङ, सन्दिपले अवशर पाउन सक्ने

काठमाडौं, वैशाख १५ । कप्तान परिवर्तनगरेपछिको पहिलो खेलमा दिल्ली डेयरडेभिल्स विजयी भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्लीले कोलकातालाई ५५ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २ सय २० रनको विजय लक्ष प्रश्तुत गरेको थियो । सुरुदेखिनै खराव प्रदर्शन गरेको कोलकाता पुरै ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रनमा अलआउट भयो । कोलकनताले ३३ रन जोड्दा ३ विकेट गुमायो ।

आन्द्रे रसेलले सर्वाधिक ४४ रन जोडे । शुभम गिलले ३७, सुनिल नारिनले २६, दीनेश कार्तिकले १८ र मिचेल जोन्सनले अविजित १२ रन जोडे । कोलकातालाई सस्तैमा समेट्नेक्रममा दिल्लीका ट्रेन्ट बोल्ट, म्याक्स वेल, अभेष खान र अमित मिश्राले समान २ विकेट लिए ।

निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १९ रन बनाएको दिल्लीका श्रेयस ऐयर र ओपनर पृथ्वी सोले अर्धशतक पुरा गरे । शुक्रबार आक्रमक ब्याटिङ गर्ने क्रममा श्रेयसले अविजित ९३ रन बनाए । कप्तानी सम्हाले पछिको पहिलो खेलमा ४० बल खेलेका श्रेयसले १० छक्का र ४ चौका प्रहार गरे । पृथ्वीले ४४ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे ।

कोलिन मुर्नोले ३३ र ग्लेन म्याक्सवेलले २७ रन जोडे । कोलकाताका लागि पियुष चावला, शिवम मावी र आन्द्रे रसेलले समान १ विकेट लिए । ७ खेलमा दोस्रो जित हासिल गरेको दिल्लीले नेपाली बलर सन्दिप लामिछानेलाई भने अझै मौका दिएको छैन ।

यसअघिका ६ खेल मध्ये ५ मा पराजय भोगेपछि दिल्ली डेयरडेभिल्सका कप्तान गौतमले राजिनामाको घोषणा गरेका थिए । त्यसपछि दिल्लीको कप्तानी युवा ब्याट्सम्यान श्रेयस ऐयरले सम्हालेका छन् ।

आइपिएलमा शनिबार चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!