निर्दयी बुवाः नाबालक दुई छोराको हत्या गरेर फरार, हप्तादिनपछि आफै फोन गरे प्रहरीलाई

काठमाडौं, १४ वैशाख । काठमाडौंको बानेश्वरमा बाबुले नै दुई छोराको हत्या गरेको खुल्न आएको छ । बानेश्वरस्थित सुकुम्वासी बस्तीमा उनीहरुको हत्या भएको हो । उक्त बस्तीमा बस्दै आएका दिलीप यादवले छोराहरु ८ वर्षीय सुनिल र ६ वर्षीय सुजलको हत्या गरेका हुन्।

एक साता अघि कोठामा बालकको हत्या गरी यादव फरार भएका थिए। गत सोमबार महानगरीय प्रहरी बृत्त बानेश्वरमा बालक हराएको उजुरी परेको थियो । तर शुक्रवार बिहान यादव आफैंले फोन गरेर छोराहरुको हत्या गरेको परिवारलाई जानकारी गराएका थिए।

हत्या भएका ती बालकहरु यादवकी दोस्रो श्रीमतीतर्फका झड्केला छोरा हुन्। पहिलो श्रीमतीले छोडेर गएपछि यादवले दोस्रो बिहे गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!