ललाई फकाई गरी शारीरिक सम्पर्क राखेपछि १५ वर्षीया बालिका गर्भवती

काभ्रेको सदरमुकाम नजिक रहेको पनौती नगरपालिका ४, दूधमेलकी १५ वर्षीया बालिका गर्भवती भएकी छन् ।

पनौती–५, बाँसघारीका २० वर्षीय देवराज भनिने नवराज बस्नेत मिजार र धुलिखेल नगरपालिका–८ का २५ वर्षीय विकास तामाङले ललाईफकाई गरी शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिइन ।

विभिन्न संघ संस्थाको सहयोगमा पीडित बालिकाको परिवारले इलाका प्रहरी कार्यालय बनेपामा बुधवार जाहेरी दिएको छ । बस्नेत मिजारले गत चैत्र १८ गते र तामाङले कार्तिक २६ गते शारिरिक सम्पर्क गरेको पीडित बालिकाको परिवारले दिएको जाहेरी उद्धृत गर्दै प्रहरीले जानाएको छ ।

प्रहरीले अनुसन्धानका लागि बुधवार बस्नेत र तामाङलाई पक्राउ गरेको छ । पक्राउ परेका दुई युवकसँग सोधीखोजी गर्दा ढाँटी रहेको प्रहरी निरिक्षक सुनिलजंग शाहले बाए । प्रहरीले बस्नेत मिजार, तामाङ र श्रेष्ठ थरकी १५ वर्षिय बालिकाको स्वास्थ्य परीक्षण गरेको छ ।

‘३-४ दिनमा रिपोट आएपछि मात्रै सबै प्रमाणित हुन्छ’ प्रहरी निरिक्षक शाहले भने, ‘बालिकाको बयान र आमाको भनाईलाई गम्भिर रुपमा लिइरहेको छु, बिहिवार म्याद थप गरिएको छ ।’ घटनाको विषयमा कडा अनुसन्धान भइरहेको र दोषी माथी कडा कार्बाही गरिने उनले बताए । पक्राउ परेका दुई युवकले ढाँटेकाले दुबैको आफन्तलाई नागारिकता ल्याउन खबर गरी सकेको प्रहरीले जनाएको छ ।

नयाँ पत्रिका दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!