वामपन्थी मिडिया र बुद्धिजीवीले हराए कांग्रेसलाई: गगन थापा

चितवन, वैशाख १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री गगन थापाले वामन्थी मिडिया र वुद्धिजिविहरूले गर्दा कांग्रेसले हार बेहोर्नु परेको बताएका छन् । नेता थापाले कांग्रेस भ्रष्ट हो भन्ने भ्रम समाजका फैलाइएको र यसैकारण कांग्रेसले हार्नुपरेको बताएका छन् ।

शुक्रबार चितवन कांग्रेसले भरतपुरमा आयोजना गरेको कार्यक्रमम बोल्दै नेता थापाले यही भ्रमका कारण नयाँ मतदाता कांग्रेस प्रति आकर्षित नभएको बताए । उनले २०४८ सालमा सबै कम्युनिष्ट दल मिल्दा पनि कांग्रेसको बहुमत आउने गरेको र त्यो बेला ३३ प्रतिशतको हाराहारीमा मत ल्याएका कम्युनिष्टहरू अहिले ५५ प्रतिशतसम्म पुगेको बताए ।

याे पनि पढ्नुस  कांग्रेसले १२ सयलाई कारबाही गर्दै

जनताले सरकारमा रहेको दलको काम र छवि हेर्ने बताउँदै कांग्रेसले सरकारमा हुँदा आफ्नो छवि मतदातालाई आकर्षण गर्नसक्ने गरी निर्माण गर्न नसकेको बताए । नेता थापाले यसमा २६-२७ वर्षदेखि योजनावद्ध रूपमा कांग्रेस विरोधी शक्तिले गलत प्रचार गरेको उनले बताए।

२०६४ सालयता कम्युनिष्टहरू ३४ सय दिन र कांग्रेस २६ सय दिन सरकारमा बसेको बताउँदै उनले फेरि पनि जनतामा देश बिग्रेको कांग्रेसले गर्दा हो भन्ने सोच्ने गरेको बताए । उनले योजनाबद्ध दुष्प्रचार भएको समेत बताए ।

गएको चुनावमा वामदलहरू मिलेर स्थयी सरकार बनाउँछौं भन्दा जनताले नयाँ दल आएझै ठान्नु पनि यही दुश्प्रचारका कारण भएको उनले बताए। हामीले यी भ्रम चिर्न सकेनौं। हामीले मैदान छाड्दा कम्युनिष्टहरूले फाइदा लिए। हाम्रै वैचारिक जमिन र राजनीतिमा अहिले कम्युनिष्टहरू राजनीति गरेका छन्। उभिएका छन्, थापाले भने।

याे पनि पढ्नुस  कांग्रेसले १२ सयलाई कारबाही गर्दै

सरकारले २०५० सालपछि थालेको निजीकरणलाई कांग्रेसले उद्योग बेच्यो भन्ने आरोप लगाइने गरेको थापाको भनाइ छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!