स्वागतका नाममा विद्यार्थी लाइन लगाउने काम तुरुन्त बन्द गर्न सचिवलाई शिक्षामन्त्रीको टाडो निर्देशन

काठमाडौं, वैशाख १३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल कुनैपनि कार्यक्रममा विद्यार्थीलाई परम्परागत शैलीमा लाइनमा राखेर स्वागतका लागि प्रयोग गर्न नमिल्ने बताउर्दै तत्काल अन्त्य गर्न माताहतका निकायलाई निर्दैशन दिएका छन् ।

बुधबार गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर–८ लुइँटेलमा रहेको भुकम्पबाट क्षतिग्रस्त अमर ज्योति जनता माध्यमिक विधालयको निरीक्षण गर्न पुग्दा बिद्यार्थीहरुले फुलको गुच्छा दिएर स्वागत गरिरहेको तस्वीर सञ्चारमाध्यम र सामाजिक संजालमा विभिन्न कोणबाट भएको टिप्पणी प्रति मन्त्री पोखरेलको चिवालयको गम्भीर ध्यानाकर्षण भएको बिहीबार जारी प्रेख नोटमा उल्लेख छ ।

मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले जारी गरेको प्रेसनोटमा भनिएको छ, ‘हामी कार्यक्रम स्थलमा पुग्दा मन्त्री ज्युको स्वागतका लागि हातमा फूलका गुच्छाहरु लिएर लामबद्ध बिद्यार्थीहरु बसिरहेका भेटिए । जुनकुरा आयोजक बाहेक अरु कसैंलाई जानकारी थिएन । लामबद्ध बिद्यार्थीहरुको मनोबिज्ञानमा असर नपार्न र हौंसला प्रदान गर्नका लागी बिद्यार्थीहरुबाट माननीय मन्त्री ज्यूले फुलका गुच्छा लिनुभयो । माननीय मन्त्री ज्युले तत्काल शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल र शिक्षा विकास तथा समन्वय इकाई गोरखा जिल्ला प्रमुख दीपेन्द्र सुवेदीलाई कुनैपनी कार्यक्रममा बिद्यार्थीलाई परम्परागत शैलीमा लाइनमा राखेर स्वागतका लागी प्रयोग गर्न नमिल्ने र यो संस्कार गलत भएकोले आइन्दा नर्गन÷नगराउन निर्देशन गर्नुभयो । साथैं काठमाण्डौ फर्के लगतै यस्ता संस्कारहरु सदाका लागी अन्त्य गर्न शिक्षा सचिवलाई फाईल तयार गर्न पनि निदेशन दिनुभएको छ ।’

२०७२ को महाभुकम्पमा देशले गुमाएका नागरिकप्रति संम्झना गर्दै हिजो माननीय मन्त्री ज्युले माला र खादा पनि नलगाउन निर्देशन दिनुभएको र नयाँ पद्वती निर्माण गर्न अनुरोध गरेको पनि बताइएको छ ।

घटनालाई जे जसरी प्रस्तुत गर्न खोजिएको छ उक्त प्रसङ्ग माननीय मन्त्रीको जीवन व्यवहारसंग कहींकतैं नमिल्ने र यस्ता बिषयमा माननीय मन्त्री सधैं सचेत रहेको कुरा आम जनसमुदायमा स्पष्ट पार्न चाहन्छु प्रेस नोटमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!