नविना लामाद्वारा विवाह खर्च कटाएर बगालेलाई डेढ लाख रुपैयाँ सहयाेग

काठमाडौं, वैशाख १३ । नेकपा एमाले निकट अनेरास्ववियु अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यनबिनालामाले आफ्नो विवाह खर्च कटाएर एक मृगौला फेल भएका विरामीलाई डेढलाख रुपैयाँ सहयोग गरेकी छन् ।

बिहीबार अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी लामाले विवाह खर्च कटाएर दुबै मृगौला फेल भै वीर हस्पिटलमा उपचाररत अनेरास्ववियु पाल्पा अध्यक्ष २५ वर्षीय प्रेम बगालेलाई प्रदान गरेको अनेरास्ववियूका प्रवक्ता आरसी लामिछानेले बताए ।

लामाले बगालेलाई एक लाख एकान्न हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन ।

 

उनले आफ्नो १२ वर्ष लामो प्रेम सम्बन्धलाई बिहीबार राजधानीको आर्मी अफिसर्स क्लब भद्रकालीमा वैवाहिक जीवनमा बदलेकी हुन ।

लामाको विवाहको लागि सम्पूर्ण व्यवस्थापन अनेरास्ववियुले गरेको बताएको छ । लामाको बिबाहमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!