गायिका भूमिक चलाउनेको ‘मायाकै पिरलो’ सार्वजनिक, भिडियोसहित

काठमाडौं, वैशाख १३ । चाहे लोकगीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाइएका यस्ता गीतसंगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ ।

चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएकी गायिका हुन् भूमिका गिरि । लामो समयदेखि लोकगीत क्षेत्रमा सक्रिय गिरिका यसअघि पनि थुप्रै गीत बजारमा आइसकेका छन् ।

मायाकै पिरलोमा गायिका भूमिका गिरि र भागिरथ चलाउनेको आवाज सुन्न सकिन्छ । गोरखपुरको सलाईको अपार सफलतापछि मायाकै पिरलो बिहीबारसार्बजनिक भएको हो ।

गीतमा चर्चित सर्जक खेम सेन्चुरीको लय रहेको छ भने नेत्र अर्यालको शब्द रहेको छ ।

गीतको भिडियोमा रामजी खाणँ रश्मी तामाङको अभिनय रहेको छ । भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । प्रकाश भट्टको निर्देशन रहेको भिडियोको छांयाङकन भने राजेश घिमेरेले गरेका हुन् ।

म्यूजिक भिडियो भूमिका गिरिकोको अफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!