चर्चित गीत ‘बुढी पोइला गर्इ’का सर्जक जेबी वलीको ‘ठमेल बजार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, वैशाख १३ । नेपाली लोक तथा दोहोरी गीतसंगीतको माध्यमबाट आफ्नो छुट्टै स्थान बनाएका गायक तथा सर्जक जेबी वलीको प्रस्तुतिमा भर्खरै ‘ठमेल बजारमा’ बोलको गीत सार्बजनिक भएको छ ।

आफ्नै कलासंस्कृति र मौलिकतालाई ध्यान दिने जेबीले यस पटक भने अलि फरक स्वादमा ठमेल बजारमा बोलको गीत सार्बजनिक गरेका हुन् । यस गीतलाई सुन्दा चार बर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशको पर्यटन प्रबर्धनको निमित्त महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

गीतमा जेबी ओली र सुगम संगीतको क्षेत्रबाट ख्याती कमाएकी चर्चित गायिका मेलिना राइको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय जेबी र उमेश ठगुन्नाको रहेको छ भने शब्द गायक स्वयम् जे।बि ले तयार पारेका छन् ।

उनले यस अगी सम्झी रुनलाई, मेरो लासमा आगो बलेको, जप्छु तिम्रै नाम, मेरो कथा, बुढी पोइल गइ लगाएतका गीतहरु बजारमा पठाएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल बनिसकेका छन् ।

गीतको मिठास एकातिर छ भने अर्कोतिर गीतको म्युजिक भिडियोले पनि असंख्य संगीत पारखीको मन जिने देखिन्छ । कुनै कञ्जुस्याई नगरी गीतको म्युजिक भिडियो तयार पारिएको छ ।

सार्बजनिक भएको छोटो समयमा नै युट्युब भ्युवर्सको माध्यमबाट गीतको म्युजिक भिडियोलाई तीन लाख भन्दा माथि हेरिसकिएको छन ।

गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल, धुर्ब हिमाली र जेबी स्वयंका अभिनय देख्न सकिन्छ । मौसम हिमालीद्वारा निर्देशित भिडियोलाई छायांकन करन चैंसिरले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!