माओवादीद्वारा दुई नेतालाई पार्टीबाट निस्कासन

बुटवल, वैशाख १३ । ‘गुण्डानाइके’ मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताद्वय लेखनाथ न्यौपाने र तुल्सी न्यौपानेलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ ।

प्रहरी इन्काउन्टरमा केही समय अघि गुण्डानाइके मनोज पुन मारिएका थिए । माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ र जिल्ला सदस्य तुल्सीलाई पार्टील कारबाही गरेको हो ।

नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज दधीराम न्यौपानेले बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरु पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेको जनाएका हुन् ।

‘पार्टीको आन्तरिक छानबिन रिपोर्ट, पार्टी केन्द्रको निर्देशन तथा अन्य विभिन्न सूचनाको स्रोतको आधार अध्ययन गर्दा गम्भीर प्रकृतिको घटनासंग जोडिएको मुद्दा भएकाले र राज्यको सुरक्षा निकायबाट समेत छानबिन भइरहेको हुँदा अनुसन्धानमा सहजताका दुबैजनालाई पार्टीको सबै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ ।

मनोज पुनलाई सहयोग गरेको अभियोगमा न्यौपानेद्वयसंगै युवा संघका उत्तम आचार्य, मदिरा उद्योगी हरिप्रसाद श्रेष्ठ र रोशन खड्कालाई प्रहरीले वैशाख ४ गते पक्राउ गरी ५ गते सार्वजनिक गरेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!