नेप्से र सिडिएसको आयोजनामा लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज र सिडिएस एण्ड क्लियरिङ् लिमिटेडको आयोजनामा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश नम्बर ७ को धनगढीमा सम्पन्न कार्यक्रममा उक्त प्रदेशका अर्थमन्त्री झपटबहादुर बोहराले आफ्नो प्रदेशले स्थानिय ऋणपत्र जारी गर्ने गृहकार्य गरिरहेको जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले समसामयिक गतिविधिमाथि प्रकाश पारेका थिए ।

उक्त कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले निकट भविश्यमै आउने अनलाइन प्रणालीले बजारको पहुँच विस्तार हुनेमा आफु विश्वस्त रहेको बताए ।

सचेतना कार्यक्रममा बोर्डका तर्फबाट कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका अधिकृत प्रकाशबहादुर देउवा र सिडिएससीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले कार्यपत्र प्रस्तुत गरेको नेप्सेले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!