एकै पटक ३० सीडीओसहित ६० उच्चअधिकारीको सरुवा

काठमाडौं, वैशाख १३ । गृह मन्त्रालयले एकै पटक ३० जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ६० जना विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ ।

सहसचिव र उपसचिवस्तरका ६० जना प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार राजपत्रांकित प्रथम श्रेणीका ३१ जना र द्धितीया श्रेणीका २९ जनालाई सरुवा गरिएको हो । काठमाडौं, ललितपुर, मोरङ, दाङ, बाँकेसहित ११ जिल्ला प्रमुखको भने सरुवा गरिएको छैन ।

गृहले केही साता अघि मात्रै ६ जिल्लाका प्रजिअको जिम्वेवारी हेरफेर गरेको थियो । रामबहादुर थापा गृहमन्त्री भएपछि सीडीओ सरुवा भएको यो दोस्रो पटक हो ।

मन्त्रालयको सरुवा सूचीमा बाजुराका प्रजिअ लुकबहादुर क्षेत्रीलाई काठमाडौंको सहायक प्रजिअको जिम्वेवारी दिईएको छ । काठमाडौंका प्रजिअ केदारनाथ शर्मालाई राजनीतिक दबाबका कारण सरुवा गरिएको छैन ।

मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार चितवनका सीडीओ नारायणप्रसाद भट्टलाई भक्तपुर, गृहका सहसचिव लोकनाथ पौडेललाई पर्सा, झापाका ऋषिराम तिवारीलाई कैलाली सरुवा गरिएको छ ।

पर्साका प्रजिअ विनोदप्रकाश सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, सिन्धुलीका प्रजिअ जनकराज दाहाललाई झापा पठाईएको छ ।

त्यस्तै गोरखाका जितेन्द्र बस्नेतलाई चितवन र मन्त्रालयका सहसचिव झङ्कनाथ ढकाललाई लमजुङ पुर्याइएको छ । सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीलाई धनुषा तथा धनुषाका प्रजिअलाई राष्ट्रिय परिचयपत्र ब्यवस्थापनको कार्यकारी निर्देशकमा तानिएको छ ।

राष्ट्रिय परिचयपत्र ब्यवस्थापनका कृष्णबहादुर राउतलाई काभ्रेमा पठाईएको छ । काभ्रेका प्रजिअ शिव सिंखडालाई सहक्षेत्रीय प्रशासको जिम्वेवारी सहित क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा पठाईएको छ । रुपन्देहीमा रहेका प्रजिअ हरिप्रसाद मैनालीलाई कारागार ब्यवस्थापन विभागमा तानिएको छ ।

धनकुटाका प्रजिअ प्रेमप्रकाश उप्रेतीलाई सुनसरी सरुवा गरिएको छ । गृहका उपसहसचिव श्रवणकुमार तिमिल्सीनालाई इलाम, ज्ञानप्रसाद ढकाललाई सिन्धुली, भविश्वर पाण्ठेलाई गुल्मीर कृषणप्रसाद शर्मालाई रामेछापको निमित्त प्रजिअ बनाएर पठाइएको छ । न

वलपरासी बर्दघाट सुस्ता पूर्वका कायमुकायम प्रजिअ शम्भुप्रसाद मरासिनिलाई गृहमन्त्रालयमा तानिएको छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!