२ बजेको अपडेटः फेरि घट्यो १८.०४ प्रतिशतले नेप्से कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसूचक १ दशलमव ३० प्रतिशत घटेको छ ।

कारोबार शुरु भएको केही समयपछि लगातार ओरालो लागेको बजार ३ घण्टाको व्यापारमा १८ दशमलव शून्य ४ अङ्क घटेर १ हजार ३ सय ६८ दशमलव ४३ विन्दुमा पुगेको छ ।

यस व्यापार अवधिमा १ सय ४७ कम्पनीको ३ हजार ५ सय ७२ पटकको व्यापारमा रू. ३६ करोड ११ लाख बराबरको शेयर कारोबार भएको छ । यस समयमा सबै समूहको परिसूचक घटेको छ ।

जलविद्युत समूहको परिसूचक १ दशमलव ८२ प्रतिशत, बीमाको १ दशमलव ७६, ‘अन्य’ समूहको १ दशमलव २९, लघुवित्तको १ दशमलव ३४, बैङ्किङको १ दशमलव १८ र विकास बैङ्कको १ दशमलव १ प्रतिशत घटेको छ ।

साथै, वित्त कम्पनी समूहको परिसूचक शून्य दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ७४ र होटलको शून्य दशमलव ४४ प्रतिशत घटेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!