यस्ता छन् हस्तमैथुनका फाइदा

काठमाडाैं । यस्ता छन् हस्तमैथुनका फाइदाहरु” data-description=”माघ १ । हस्तमैथुन अर्थात सेक्स जीवनसँग जोडिएका कुनै पनि कुराहरु गर्न लजाउने समाज छ । जो कोही पनि खुलेर यससम्बन्धी बोल्च रुचाउँदैनन् । हस्तमैथुन गर्नु सामाजिक रुपले अनैतिक हो भन्नेसम्म पनि गरिन्छ । कतिले त हस्तमैथुन गर्नाले श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा…”

माघ १ । हस्तमैथुन अर्थात सेक्स जीवनसँग जोडिएका कुनै पनि कुराहरु गर्न लजाउने समाज छ । जो कोही पनि खुलेर यससम्बन्धी बोल्च रुचाउँदैनन् । हस्तमैथुन गर्नु सामाजिक रुपले अनैतिक हो भन्नेसम्म पनि गरिन्छ । कतिले त हस्तमैथुन गर्नाले श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा पनि दरार उत्पन्न हुन्छ भन्छन् । तर विशेषज्ञहरु भने हस्तमैथुन स्वास्थ सेक्ससँग जोडिएको बताउँछन् । हात वा अन्य कुनै पनि कुराबाट यौन आनन्द लिने तरिका भएकाले हस्तमैथुन पुरुष वा महिलाको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

विशेषज्ञका अनुसार हस्तमैथुन गर्नुका पाँच फाइदाहरु यस प्रकार छन् :

१. हस्तमैथुनबाट मासिक धर्मसँग जोडिएको दुःखलाई हटाउन तथा घटाउन मद्धत गर्छ । हस्तमैथुनबाट निस्कने रसायनका कारण मासिक धर्मका क्रममा हुने दुःखलाई घटाउन शक्ति मिल्छ ।

फिनवर्ग स्कुल आफ मेडिसिनका स्त्री तथा प्रसूति रोग प्रोफेसर लारा स्ट्रीचरका अनुसार हस्तमैथुनबाट आउने पानीले योनीमा हुने सुख्खापन हटाउन मद्धत गर्छ ।

२. पत्रिका ‘सेक्सुअल एण्ड रिलेशनसिप थैरापी’का अनुसार यसले रोग प्रतिरोधक क्षमता बढ्छ । यसले संक्रमणबाट बचाउछ । कयौं शोधबाट पत्ता लागेको कुरा जसमा चरमाेत्कर्ष (आर्गेज्म) बढी हुन्छ उसमा इम्युनोग्लोविन ‘ए’ को मात्रा बढी हुने र रुघाखाेकीबाट पनि बचाउन यसले मद्धत गर्छ ।

३. फ्रेंच इंस्टीट्यूट ऑफ हेल्थ एण्ड मेडिकल रिसर्चका शोधकर्ताहरुका अनुसार हस्तमैथुनपछि अल्छी तथा निद्रा लाग्ने हुनाले अनिन्द्रालाई हटाउने यो सही उपाय हो खासगरी पुरुषहरुमा । किनकी हस्तमैथुनपछि उनीहरुमा यौन इच्छा हुँदैन र उनीहरुलाई निद्रा लाग्छ ।

४. यसले शारीरिक तथा मनोवैज्ञानिक हिसाबले पनि रिल्याक्स महशुस हुन्छ ।

५. विशेषज्ञहरुका अनुसार हस्तमैथुनबाट यौन सम्बन्ध निर्माण गर्ने मौका मिल्छ । यसले ति महिलाहरुलाई पनि मद्दत मिल्छ जसको सेक्स पार्टनर चाँडो स्खलित हुन्छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!