यी घरेलु विधि अपनाउनुस् र लामखुट्टे भगानुस्

गर्मी र वर्षायाममात्रै होइन पछिल्ला वर्षमा जाडो याममा पनि लामखुट्टेको विगविगी झन बढेको छ । गर्मी याम शुरु भएसँगैं लामखुट्टेको प्रकोप शुरु भइसकेको छ । आधिकांश रोग लामखुट्टेको टोकाइबाट हुने चिकित्सकहरु बताउँछन् । यसै सन्दर्भमा कसरी धरेले विधिबाट लामखुट्टेबाट बच्ने त ?
यसबारेमा यहाँ जानकारी गराउदै छौंः

ल्वाङ र नरिवलको तेल
ल्वाङको तेलको बासनाले लामखुट्टे भाग्दछ । त्यसैले नरिवलको तेलमा ल्वाङको तेल मिसाएर शरीरमा लगाउँनुस् । यति भएपछि लामखुट्टेले तपाईलाई टोक्दैन । ल्वाङ र नरिवलको तेलको मिश्रणले अचूक औषधिको काम गर्दछ ।

हजारीको फूलको बासना
हजारीको फूलको बासनाले घरको रौनक नै अर्कौ बनाइ दिन्छ । हजारीको फूललाई घरमा लगाउनुस् । हजारी फूलको बासनाले घरबाट लामख्ट्टे भगाउनु ठूलो मद्दत गर्दछ । यसले तपाईको घर सुगन्धीत हुन्छ र लामखुट्टे पनि आृँदैनन् ।

कपूरको धुवाँ
लामखुट्टेबाट बच्न कपूरको पनि प्रयोग गर्न सकिन्छ । कपूरको दाना बालेर कोठामा राखेमा लामखुट्टे आउँदैन वा कपूरको धुवाँको बासनाले लामखुट्टे भाग्दछन् । यो लामखुट्टे भगाउनु सबैभन्दा सस्तो र सजिलो तरिका हो ।

कागतीको रस
घरमा लामखुट्टे भगाउन प्रयोग गरिने लिक्विडको रिफिलमा कागतीको रस हालेर प्रयोग गर्दा यो अझै प्रभावकारी हुन्छ । यस्तो मिश्रणले कोठामा भएका सबै लामखुट्टे मर्दछन् । यसको प्रयोग सातामा दुई पटकसम्म गरे राम्रो मानिन्छ । तपाईले चाहानु भयो भने नीलगिरीको तेलमा कागतीको रस मिसाएर हात–खुट्टामा लगाउन पनि सक्नुहुन्छ ।

नीमको प्रयोग
नीमको पात बालेर घरमा धुवाँ बनाएर पनि लामखुट्टे भगाउन वा हटाउन सकिन्छ । सातामा एक पटक घरमा नीमको धुवाँ बनाउनुस् । जसले घरमा भएका सबै लामखुट्टे मर्दछन् । लामखुट्टेका साथै अन्य किराहरु पनि मछैन । तर घरमा कसैलाई श्वासप्रश्वास सम्बन्धी समस्या छ भने सवधानी अपनाउनु भने नभुल्नुस् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!