भुकम्पबाट अभिभावक गुमाएकी प्रतिभाको अभिभावक बने श्रीहरि

काठमाडौं । राष्ट्रिय अभियान नै चलाएर सुरु गरिएको यस बर्षको शैक्षिक सत्रअन्तर्गतको नयाँ भर्ना अभियानले गति लिन थालेको छ ।

विद्यालय जानबाट वञ्चित मुलुकभरका झन्डै तीन लाख बिद्यार्थीलाई लक्षित गरी ल्याइएको यस अभियानले सरकारी विद्यालयमा नयाँ विद्यार्थीको चाप देखिन थालेको हो । यसै अभियानलाई निरन्तरता दिदै काठमाडौं चन्द्रगिरी स्थित प्रभात माध्यमिक बिधालयमा पनि नयाँ भर्ना सुरु भएको छ ।

सो अवसरमा काठमाडौं जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले सुप्रिया परियारलाई माध्यमिक तहसम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए ।

साथै नयाँ भर्ना अभियानलार्इ सार्थकता दिन र हरेक बालबालिकालाई विद्यालय शिक्षाको पहुँचसम्म पुराउन जिल्ला शिक्षा कार्यालय कटिबद्ध रहेको अधिकारीले बताए ।

सोही अवसरमा नेकपा एमालेका जिल्ला सदस्य तथा चन्द्रगिरि नगर संयोजक प्रलाहद बहादुर कार्कीले स्थानिय अनिल श्रेष्ठको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए भने सोही विद्यालयमा अध्ययन गरेका संचारकर्मी श्रीहरि थापाले भुकम्पबाट अभिभाबक गुमाएकी छात्रा प्रतिभा भण्डारीको माध्यमिक तह सम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्ने गरी अभिभावकत्त्व ग्रहण गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!