प्रकाश र गीताकाे मन परेकाे फूल (भिडियोसहित)

काठमाडौं, वैशाख १३ । गायक प्रकाश पुरी र गायिका गीता देवीकाे अावाजमा नयाँ लाेकदाेहाेरी गीत मन परेकाे फूल बजारमा अाएकाे छ ।

निरूता केसी र अन्जना अधिकारीकाे संयुक्त गीति एल्बम मनपरेकाे फूलमा शब्द महेश बस्नेतकाे लय स्वयंम गायक प्रकाश पुरीकाे रहेकाे छ ।

प्रतिभा म्यूजिकले बजार व्यवस्थापन गरेकाे गीतकाे म्यूजिक भिडियाेमा संजीव ठकुरी र एलीसा देउजालेकाे अभिनय रहेकाे छ भने गीतकाे भिडियोलाई संजीव ठकुरीले निर्देशन गरेका हुन् । लाेकगीतकाे भिडमा अाफूहरूले माैलिक काँठे लाेकभाका पस्कने प्रयास गरेकाे गायक पुरीले बताउनुभयो ।

मन परेकाे फूललाई अाम दर्शक स्राेताले भने कतिकाे मन पराउने हुन् त्याे भने हेर्न बाँकी नै छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!