चर्चित गायक टंक बुढाथोकीको ‘अल्लारे जोबनामा’ सार्वजनिक, भिडियोसहति

काठमाडौं, वैशाख १२ । गायक टंक बुढाथोकीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘अल्लारे जोवन’ बोलको आधुनिक गीतमा टंकसँग अन्जु पन्तको स्वर छ ।

उत्तम भण्डारीको शब्द, संगीतमा तयार भएको गीतको एरेन्ज र मिक्सिङको काम पनि टंक स्वयंले गरेका छन् । गीत ‘स्टुडियो नाइन्’ मा तयार गरिएको हो । गीतको भिडियोमा कोरियोग्राफर तथा मोडल गम्भिर बिष्ट र रोहनी लामाको नृत्य देख्न सकिन्छ । भिडियो गम्भिरले नै निर्देशन गरेका हुन् ।

गायक टंकले यसअघिका गीतजस्तै यो गीतमा पनि केहि फरक स्वाद दिने प्रयास गरेको बताए । ‘डान्सिङ गीत मन पराउने दर्शकका लागी यो गीत बिशेष हुनसक्छ’, टंकले भने ।

यस्तै उनले सबैबर्गका दर्शकले गीत मन पराउनेमा बिश्वस्त रहेको बताउँछन् । भिडियो ललितपुरको गोदावरीमा सुवोल थापाले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!