मलेसियामा नेपालीको छुरा प्रहार गरि हत्या

मलेसिया, वैशाख १२ । रोजगारीका लागि मलेसिया पुगेका झापाका मोहनकुमार राजवंशीको हत्या भएको छ ।

झापा कन्काई नगरपालिका वडा नं ६ स्थायी घर भएका ३२ वर्षीय राजवंशी बिगत दुई वर्षदेखि मलेसियाको राजधानी क्वललाम्पुरस्थित एक क्लवमा कार्यरत थिए ।

सोमवार राति करीव दुई वजेतिर अज्ञात समुहले उनको हत्या गरेको स्थानीय प्रसासनले जानकारी दिएको छ ।

राती बाटोमा हिडिरहेका राजवंशीलाई कोतारायमा अज्ञात समुहले छुरा प्रहार गरेका थिए । मृतकको शव पोसमार्टमको लागि क्वालालम्पुरस्थित सरकारी अस्पतालमा राखिएको छ ।

घटनाबारे दूतावासलाई जानकारी गराइसकेको हुँदा पोस्टमार्टमपछि आवश्यक प्रकृया पुर्याएर शव नेपाल पठाईने उनका साथी लोचन विमलीले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!