सन्दीपको आइपीएल टिम दिल्लीका कप्तानद्वारा राजीनामा

काठमाडौं, वैशाख १२ । इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करणमा टिम दिल्ली डेयर डेभिल्सका कप्तान गौतम गाम्भीरले राजीनामा दिएका छन् । अव दिल्लीको कप्तानी युवा ब्याट्सम्यान श्रेयस अय्यरले सम्भाल्ने छन् ।

दिल्लीमा नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध छन् तर छ वटा खेल खेलिसक्दा पनि दिल्लीले अहिलेसम्म सन्दीपलाई मैदानमा उतारेको छैन ।

 

छ खेल खेलको दिल्लीले एकमा जित र पाँचमा हार व्योहोरेको छ । भने कप्तान गाम्भीरले पनि सन्तोसजनक प्रदर्शन गर्न सकिरहेका छैनन् । टीमको खराब प्रदर्शनको जिम्मेवारी लिँदै आफूले राजीनामा दिएको उनले बताएका छन् ।

गम्भीरको ठाउँमा युवा ब्याट्सम्यान श्रेयस अय्यरलाई नयाँ कप्तान नियुक्त गरिएको छ । ‘अंक तालिकामा हामी जहाँ (पुछार)मा छौं, त्यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु,’ गम्भीरले भने, ‘मैले टीमका लागि पर्याप्त योगदान दिन सकिनँ, नेतृत्वकर्ता हुनुको नाताले यसको जिम्मेवारी मैले लिनुपर्छ, त्यसैले मैले सोचेँ यो मैले जिम्मेवारी हस्तान्तरण गर्ने उचित समय हो, प्रतियोगितामा हाम्रो सम्भावना अझै जीवित छ ।’?

गाम्भीरले आफूलाई राजीनामाका लागि टीम व्यवस्थापनले कुनै दबाब नदिएको बताउँदै उपयुक्त समयमा उपयुक्त निणर्य गरेको बताएका छन् ।

सात वर्षसम्म कोलकोत्ता नाइटराइडरस्का कप्तानी गरेका गौतमले टिमलाई दुई पटक च्याम्पीयन बनाएका थिए । तर आइपीएलको यो सिजनमा भने उनी जम्न सकेका छैनन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!