बनमन्त्री शक्तिबहादुर बस्नेतको यस्तो छ नयाँ कार्ययोजना

काठमाडौं, वैशाख १२ । सरकारले काठमाडौं उपत्यकाको सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बुधबार सिंहदरबारमा आयोजित ‘काठमाडौं उपत्यकाको सहरी वन विकास’ सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सहरी वन संरक्षणका लागि स्थानीय र प्रदेश सरकारसँग मिलेर साझा कार्यक्रम तय गर्ने योजना अघि सारे ।

मन्त्री बस्नेतले वन र वातावरण क्षेत्रको संरक्षणका लागि स्थानीय तहसँग साझेदारी गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

सरकारले यो वर्ष सहरी क्षेत्रको वन विकासका लागि वार्षिक कार्यक्रम नै बनाएर अघि बढने योजना पनि तय गरेको छ । मन्त्री बस्नेतले वन क्षेत्रको संरक्षणका लागि सरोकारवाला निकायहरुबीच संयुक्त पहल हुनुपर्नेमा पनि जोड दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!