१२ बजेको अपडेटः नेप्से परिसूचक ०.६२ प्रतिशतले घट्यो

काठमाडौं । बुधबार कारोबार भएको पहिलो एकघण्टाको अवधिमा नेप्से परिसूचक ० दशमलव ६२ प्रतिशतले घटेको छ ।

कारोबार भएको १५ मिनेटसम्म बढेको बजार सो समयपछि घट्न थालेको हो । यस समयमा ८ दशमलव ७० अङ्कले घटेर १ हजार ३ सय ८६ दशमलव १६ विन्दुमा पुगेको छ ।

कारोबार भएका ९ समूहको परिसूचकमा व्यापार र ‘अन्य’ समूहको परिसूचक बोहक बाँकी समूहको परिसूचक घटेपछि नेप्से परिसूचक घटेको हो । कारोबार भएका १ सय ८ कम्पनीको रू. ७ करोड ८ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!