१ बजेको अपडेटः दोस्रो घण्टाको कारोबारमा नेप्से ०.२७ प्रतिशतले बढ्यो

काठमाडौं । बुधबार कारोबार भएको दोस्रो घण्टामा नेप्से ० दशमलव २७ प्रतिशतले बढेको छ ।

कारोबार शुरु भएको १५ मिनेट बढेर घटेको बजार १२ बजेर १५ मिनेटमा फेरि बढ्न थालेको हो । यस समयमा ३ दशमलव ७१ अंक बढेर परिसूचक १ हजार ३ सय ९८ दशमलव ५७ विन्दुमा पुगेको छ ।

कारोबार भएका १० समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेको छभने पाँच समूहको परिसुचक घटेको छ । कारोबार भएका १ सय ४३ कम्पनीको रू.२१ करोड ९९ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!