शिव परियार र पूर्णकला बिसी सांगीतिक कार्यक्रमका लागि युएई आउने

युएई, वैशाख १० । युएईको फुजेरा राज्यमा त्यहा स्थित क्रियाशिल संघसस्थाहरुको सयुक्त आयोजनामा सांगीतिक कार्यक्रम हुने भएको छ ।

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक शिव परियार, लोकगायिका पूर्णकला बिसि र नायक सलोन बस्नेत कार्यक्रम भाग लिन फुजेरा आउने आयोजकले जानकारी दिएका छन् ।

आउदो अप्रिल २७ तारिख शुक्रबार फुजेराको मिडिया हलमा आयोजना हुन लागेको उक्त कार्यक्रममा युएईका नेपाली व्यावसायि र कलाकारिता क्षेत्रका विशिस्ट ब्यक्ति हरुलाई विशेष अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको आयोजक सदस्य सस्था एनआरएन फुजेराका कार्यवाहक अध्यक्ष सेर सुनारले जानकारी दिएका छन् ।

लामो समयदेखि फुजेरामा कुनै भब्य कार्यक्रम नभएको हुदा रास्ट्रीय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा कार्यक्रम आयोजना गर्न फुजेरामा रहेका सक्रिय सामाजिक संघसंस्थाहरु एकै मञ्चमा उभिएर संयुक्त प्रस्तुति झल्काउने उदाहरणीय काम हुन लागेको प्रवासी नेपाली मञ्च फुजेरा क्षेत्रीय समितिका सचिव मेघराज कंडेलले बताएका छन् ।

फुजेरामा रहेका नेपाली व्याबसायीहरुको संयुक्त प्रायोजन रहने यस कार्यक्रममा नमस्ते रेस्टुरेन्ट मुख्य प्रायोजकको रुपमा रहेको र प्रायोजकहरुमा सिल्भर स्पून रेस्टुरेन्ट, अल बर्दी क्याफटेरिया र नासर लेडिज सैलुन रहेका छन् । युएईमा कार्यरत नेपाली कलाकारहरु मध्ये सर्वाधिक रुचाइएकाहरुको सिमित प्रस्तुति रहने उक्त कार्यक्रममा कलाकारहरुलाई सम्मान समेत गरिने आयोजक संस्था एनआरएन फुजेराले बताएको छ ।

एनआरएन फुजेरा , प्रवासी नेपाली मंच, जनसम्पर्क समिति, पाल्पाली समाज , झापाली समाज, स्याङ्जा सहयोग समाज, अर्घाखाँची सम्पर्क समिति र नेपाल मगर समाज युएईको फुजेरा क्षेत्रीय समिति लगायतको संयुक्त आयोजनामा हुन लागेको यो कार्यक्रम उदाहरणीय, सफल र पुर्ण मनोरञ्जनात्मक हुने दाबी आयोजकले गरेका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!