इन्सपेक्टरसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं, वैशाख १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकारणमा पक्राउ परेका सशस्त्र प्रहरी बलका इन्सपेक्टरसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर भएको छ।

आयोगले सोमबार बिशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। इन्सपेक्टर काले बम्जन र जवानद्वय ठाकुर खत्री र नवीन खड्कालाई आयोगको टोलीले २५ हजार घुससहित पक्राउ गरेको थियो। भारतीय नम्बर प्लेटको गाडी छुटाइदिने भन्दै उनीहरुले घुस लिएका थिए।

सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा कार्यरत इन्सपेक्टर बम्जनको घटनामा संलग्ता देखिएपछि उनलाई समेत नियन्त्रणमा लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!