नेपाली क्रान्तिलाई नयाँ उचाईमा पुर्याउन कं प्रचण्डको नेतृत्वमा एकता प्रक्रियामा अघि बढ्छौं : नारायणकाजी श्रेष्ठ

काठमाडौं, वैशाख १० । नेकपा माओावादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी अध्यक्ष प्रचण्डकै नेतृत्वमा सिंगो पार्टी एकता प्रक्रियामा समावेश हुने बताएका छन् ।

एभरेष्टदैनिकसँग कुरा गर्दै नेता प्रकाशले नेपाली क्रान्तिलाई नयाँ दंगले नयाँ उचाईमा अघि बढाउन एकता प्रक्रिया शुरु भएको बताए । एकतालाई लिएर माओावfदीभित्र कुनै विवाद नरहेको पनि उनले स्पष्ट पारे ।

‘अध्यक्षकै नेतृत्वमा एकता प्रक्रियामा जान्छौं,’ नेता प्रकाशले एभरेष्टदैनिकसँग भने, ‘ पार्टी एकता सकारात्मक दिशामा अघिब बढिरहेको छ । छिट्टै एकता हुन्छ ।’

नेकपा माओवादीभित्र पार्टी एकताका विषयमा कुनै विवाद नरहेको बताउँदै नेता प्रकाशले एकता विरोधी तत्वले कपोकल्पित र भ्रामक प्रचार गरिरहेको टीप्पणी गरे ।

प्रकाशले भने, ‘माओवादी नेताहरुको नाम जोडेर यो वा त्यो रुपमा झूठो र भ्रामक प्रचार गरिदै छ । माओवादी एकताप्रति एक ढिक्का छ । कसैले भ्रम नपाले हुन्छ ।’

यसअघि विभिन्न सञ्चारमाध्यममा एमाले र माओवादी केन्द्रबीच हिजो ( वैशाख ९ गते) नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको दिन एकता घोषणा गर्ने बताइएको थियो । वैशाख ९ गते पार्टी एकता हुन नसकेपछि केही सञ्चारमाध्यममा माओवादी बारे भ्रामक समाचार प्रकाशन र प्रसारण भएको थियो ।

केही अनलाइनले त पार्टी एकता नभए माओवादीका वरिष्ट नेता प्रकाश एमालेमा जानेसम्मका भ्रामक समाचार प्रकाशित गरेपछि प्रकाशले त्यसको कडा शब्दमा खण्डन गरेका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!