सुर्खेतमा अन्तराष्ट्रिय विमानस्थल बनाउनेदेखि उत्तरी नाका खोल्नेसम्मका महत्वकांक्षी याेजनासहित नीति तथा कार्यक्रम संसदमा पेश

सुर्खेत, वैशाख १० । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७४ ०७५ वाँकी अवधिका लागि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गरेको छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेसर खनालले सोमबार प्रदेससभा बैठकमा प्रस्तुत गर्नु भएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षयतामा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आज प्रदेससभामा पेस भएको हो ।

पेस गरिएको नीति तथा कार्यक्रममा जलस्रोत, पर्यटन र जडिबुटि मुख्य प्रथामिकतामा परेका छन । कर्णाली प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा भैतिक पुर्वाधारतर्फ सडक, बिद्युतीकरण हवाई यातायत र औधोेगिक क्षेत्रको स्थापना गरि जनताको जिवनस्तरमा परिवर्तन ल्याउने उल्लेख गरिएको छ ।

सरकारको नीति तथा कर्याक्रममा प्रदेश सरकारले गएको २०७४ फागुन ३ गते सरकार गठन भए यता सरकारले गरेका निर्णयहरुलाई प्राथामिकतामा राखेर कार्यन्वयन गर्ने गरि नीति तथा कार्यक्रम ल्याइएको बताइएको छ ।

सरकारले प्रदेश भित्रका जनताको आर्थिक सम्बृद्धिका लागी गुरु योजना निमार्णका लागी बिज्ञहरुको सम्मेलन गर्ने, जनतासंग मुख्य मन्त्री जस्ता कार्यक्रम संन्चालन गरि सुशासनमैत्री प्रदेश निमार्ण गर्न भ्रष्टचारमा शुन्यसहनसीलताको नीति लिने उल्लेख गरिएको छ ।

कर्णाली प्रदेश सरकारले मानव संसाधन बिकासका योजना बनाउन आयोग गठन गर्ने, प्रदेशस्तरीय तालिम प्रयोगशालाको स्थापना र मन्त्रालयको भौतिक पुर्वाधारको सुधारको कार्यक्रम ल्याइने जनाइएको छ ।

सरकारले आगामी दिनमा संचार क्षेत्रको बिकास र बिस्तारका लागि विशेष पहल गर्ने, एक पालिका एक घरेलु उद्योग निमार्ण गर्ने नीति लिन र प्रदेशमा आर्थिक क्षेत्र घोषण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममा प्रदेश राजधानी सुर्खेतमा अन्तराष्ट्रियस्तरकोे बिमानस्थल निमार्णका लागि पहल गर्ने कर्णाली करिडोरलाई संचालनमा ल्याएर उत्तर दक्षिण जोड्ने पर्यटकीय राजमार्गका रुपमा बिकास गर्ने र कर्णाली पर्यटन प्राधिकरण गठन गर्ने सरकारले योजनामा समाबेस गरेको छ ।

सरकारको निति तथा कार्यक्रममा हुम्ला र डोल्पालाई आगामी २ वार्षमा सडक संन्जालमा जोड्ने र फुकोट कर्णाली , बेतन कर्णाली , नलसिह गार्ड बिद्यूत आयोजना जस्ता प्रदेशका मुख्य गौरवका आयोजना संन्चालन गरि आगामी ५ वर्षमा प्रत्यक स्थानिय तहमा बिद्यूत पुरयाइ उज्यालो नेपाल अभियानलाई निरन्तरता दिने जनाइएको छ ।

सरकारले प्रत्यक स्थानिय तहमा एक एम्बुलेन्सको ब्यवस्था गर्ने , हवाई एम्बुलेन्सको पहल गर्ने र आयोरबेद औसधिलाई प्राथामिकता दिदै स्वास्थ्य जिवन संगै स्वास्थ्य बिमाको प्रारम्भ गर्ने लगाएतका कार्यक्रम निति तथा कार्यक्रममा समाबेस गरिएका छन । सरकारले आगामी एक वर्षमा कर्णाली प्रदेशसलाई सडक बालबालीको ब्यवस्थापन गरि बालमैत्रि प्रदेस घोषणा गर्ने सरकारको योजना रहेको छ ।

नीति तथा कार्यक्रममा हाल सम्मका सहीद ,बेपत्ता, र घाईतेका परिवारहरुका लागी बिषेस कार्यक्रम संन्चालन गर्ने नितिलिने उल्लेख गरिएको छ । प्रदेश सरकारले आगामी दिनमा प्रदेश कानुन र आबश्यक ऐन नियम निमार्ण गरि अगाडी बढ्ने उल्लेख गरिएको छ । सरकारको निति तथा कार्यक्रममा प्रदेश सरकारले लोप उन्मुख राउटे जातिको संरक्षण गर्ने ,प्रदेश स्तरिय रंगशाला निमार्ण गर्ने र प्रदेश खेलकुद परिषद गठन गर्ने योजना रहेको छ ।

कृषीमा पेन्सनको ब्यवस्था संगै सहकारी बिकासका लागी सहकारी बिकास बोर्ड गठन गर्ने , एक स्थानिय तह एक बैक स्थापना गर्ने निति लिने र हरित कर्णाली प्रदेशका लागी एक ब्यतिm १० रुख रोप्ने निति लिने ,निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

उत्तरी नाका खोल्ने प्रस्ताव

प्रदेश सरकारको निति तथा कार्यक्रममा कर्णाली प्रदेश संग जोडिएका चिन संगका उत्तरी नाका संन्चालनमना ल्याउन बैदेसिक सम्झौता गर्न संघिय सरकारका लाई अनुरोध गर्ने बताइको छ ।

सरकारको निति तथा कार्यक्रममा माथि आजै देखि संसदमा छलफल सुरु भएको छ । निति तथा कार्यक्रम समग्रमा राम्रो देखिएको र रहेका शिमा समस्याका बिषयमा संसदमा रचनात्मक सहयोग पुग्ने गरि छलफल सुरु हुने नेपाली कांग्रेसका नेता एवं संसदीय दलका नेता प्रदेश सांसद जिवन बहादुर शाहीले बताएका छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!