उत्तर कोरियामा बस दुर्घटना, ३२ चिनियाँ सहित ३६ जनाको मृत्यु

बेजिंग । उत्तर कोरियामा भएको एउटा बस दुर्घटनामा कम्तिमा पनि ३६ जनाको ज्यान गएको छ ।
मारिनेहरूमा ३२ जना चिनियाँ पर्यटक र ४ उत्तर कोरियाली नागरिक रहेको चिनियाँ विदेश मंत्रालयले जनाएको छ ।

एउटा पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै मंत्रलयका प्रवक्ता लू कांगले आइतबार दक्षिणी प्योङयाङमा भएको उक्त दुर्घटनामा परी अन्य दुई चिनियाँ नागरिक घाइते समेत भएका छन् ।

प्रवक्ता लूले घटनाको कारणबारे जाँच भइरहेको जनाएका छन् । यस अघि चीनको सरकारी प्रसारक संस्था ‘सीजीटीएन’ले एउटा ट्वीट मार्फत उत्तर कोरियामा पर्यटक बस दुर्घटनामा ३० भन्दा बढीको मृत्यु भएको जनाएको भए पनि पछि उक्त ट्वीट हटाएको थियो ।

चिनियाँ सरकारी प्रसारक संस्था ‘सिसिटीभी’ले दुर्घटनाग्रस्त वाहनको तस्बिर सार्वजनिक गरेको छ जसमा झरीको बीच पल्टिएको बस र उपचाररत डाक्टरहरूलाई देखाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!