केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा

काठमाडौं, वैशाख १० । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

नेता नेपालको निवास कोटेश्वरमा सोमबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।

नेता नेपालले नेपालको विकासमा चीन सरकारले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि त्यस्तो सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरेका थिए ।

नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग आफूहरुको प्रमुख प्राथमिकतामा रहेको बताएका थिए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!