खाना पकाउन बिर्सेपछि के भोकै बस्लान् त ब्रिटिशहरू?

आउने दुई पुस्ताभित्र ब्रिटेनका मानिसहरू खाना पकाउन बिर्सिने खानपान विशेषज्ञहरूले बताएका छन् ।

ब्रिटेनमा बढ्दो प्याकेटको खाना खाने संस्कृतिलाई मद्देनजर राख्दै यसो भविष्यवाणी गरिएको हो । विज्ञान लेखिका निकोला टेम्पलले प्याकेटको खानामा लेखेको पुस्तकमा यस्तो आशंका गरिएको हो ।

टेम्पलले पाककलालाई कुनै समय ब्रिटेनमा साह्रै महत्वपूर्ण मानिने सिलाईको सीपसँग तुलना गरेकी छिन् । सिलाईकला आधुनिक मान्छेहरूले बिर्सिंदै गए झैँ पाककला पनि आउने समयमा लुप्त हुने बताइएको छ ।

लेखिका टेम्पलका अनुसार ब्रिटेनबासीहरू तयारी खाना खाने गर्छन् र उनीहरूका अनुसार समयाभाव रहेका तर्क दिने गर्दछन् ।

साथै उनका अनुसार मानिसहरूले तयारी खानालाई प्राथमिकता दिनुको अर्को कारण परिवारको महत्व कम हुँदै जानू पनि हो ।

टेम्पलका अनुसार अचेल मानिसहरू परिवारसँग बसेर खाना खानुलाई महत्व दिंदैनन् । अचेल एक्लै बस्ने परम्पराको सुरुवात भयाएक छ । यस्टोमा खान्या पकाउने भण् नालाग्नु स्वाभाविक हो ।

एउटा अध्ययन अनुसार ८० र ९० दशकमा जन्मिएकाहरू खाना पकाउने काम प्रति बढी उदासीन देखिएका छन् । अध्ययनले उनीहरूले काम सिक्न समेत नचाहेको बताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!